सोमबार, कार्तिक ३ २०८३
ताजा अपडेट

अमेरिकाले युक्रेनलाई लडाकु विमान दिने कुरा किन मानेन ?


  • बुधबार, फाल्गुन २५ २०७८
8.8K
SHARES

फाइल तस्वि

युक्रेनलाई लडाकु विमान पठाउने पोल्याण्डको प्रस्ताव अमेरिकाले अस्वीकार गरेको समाचारहरु बाहिरीएका छन् । नेटो सैने अखडाबाट लडाकु बिमान पठाउने कुरा अमेरीकाले अस्विकार गरेको छ ।

अमेरिकी रक्षामन्त्रालय पेन्टागनका प्रवक्ता जोन किर्बीले ‘नेटोको अमेरिकी सैनिक अखडाबाट रुस र युक्रेनबीच विवादमा रहेको हवाई क्षेत्रमा लडाकु विमान पठाउँदा त्यसले नेटोको गठबन्धनमै गम्भीर चिन्ता उत्पन्न हुने भन्दै पोल्याण्डको प्रस्ताव अस्वीकार गरिएको जनाएका हुन् ।

यसअघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको अनुरोध स्वीकार गर्दै पोल्याण्डले आफूसँग रहेको मिग २९ लडाकु विमान युक्रेनतर्फ पठाउने प्रस्ताव अघि सारेको थियो ।

पोल्याण्डका प्रधानमन्त्री माटेयस मोरावेस्कीले युक्रेनतर्फ आक्रामक हतियारहरुको आपुर्ति नेटो सदस्यहरुको सर्वसम्मत निर्णयबाट मात्र गरिनुपर्ने बताउँदै आएका छन् ।

पोलिश प्रस्तावमा जर्मनीस्थित राम्स्टेनमा रहेको नेटो सैनिक अखडाबाट ती विमानहरूलाई युक्रेनतर्फ पठाइने उल्लेख थियो । यद्यपि यसबारे पोल्याण्ड र अरु नेटो आबद्ध मुलुकहरुसँग छलफल गरिने उनको भनाइ छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा