सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसीको बिरुद्दमा नबोल्न आफ्ना कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । नेता नेपालले एमससीको विषयमा पार्टीले निर्णय गरिसकेको अवस्थामा जथाभाबी टिप्पणी नगर्न उनले भनेका हुन् ।
नेपालले आजदेखि बबरमहलस्थित कार्की ब्यांक्वेटमा सुरु भएको केन्द्रीय कमिटीको बैठकमा सम्बोधन गर्दै एमसीसीका विरुद्धमा आवाज नउठाउन भन्दै केन्द्रीय सदस्यहरूलाई निर्देशन गरेका हुन् ।
“एमसीसीका विषयमा पार्टीले निर्णय गरिसकेको छ । पार्टीको निर्णय सबैले मान्नुपर्छ,” उनले भने, “एमसीसीविरुद्धमा लेखिएका स्टाटस मेटाउनुहोला । व्याख्यात्मक घोषणासँगै एमसीसीका विषयमा रहेका अस्पष्टता हटेका छन् ।”
व्याख्यात्मक घोषणा सहित एमसीसीलाई अनुमोदन गर्नलाई समाजवादी दलले समर्थन गरेको थियो । एमसीसी जस्ताको तस्तै पास हुन हुँदैन भन्दै समाजवादीका भातृ सङ्गठन सडक आन्दोलनमा समेत भाग लिएका थिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।