शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

चिनियाँ राजदूत यान्छी र प्रचण्डबीच भेट


  • बुधबार, फाल्गुन २५ २०७८
12K
SHARES

फाइल तस्वि

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्‍ड’ सँग भेट गरेकी छन्।  राजदूत होउ यान्छी अध्यक्ष प्रचण्डलाई भेट्न बुधबार बिहान खुमलटार पुगेकी थिइन्।

भेटका क्रममा यान्छीले चिनियाँ विदेशमन्त्री वाङ यीको संभावित नेपाल भ्रमणका बारेमा जानकारी गराएको स्रोतले बताएको छ।

राजदूत यान्छीले एमसीसी अनुमोदन भएपछि अब कसरी अगाडि बढ्छ भनेर अध्यक्ष दाहालसँग चासो राखेकी थिइन्। भेटका क्रममा आसन्न स्थानीय तहको निर्वाचन, नेपाल -चीन सम्बन्धलगायतका विषयमा छलफल भएको बताइएको छ।

उनीहरुबीच झन्डै दुई घन्टा लामो छलफल भएको स्रोतको दावी छ। पछिल्लो समय राजदूत यान्छीले राजनीतिक भेटघाटलाई तीव्र बनाएकी छन्।

यस्तै ,आजै संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग नेपालका लागि अमेरिकी राजदूत  र्‍याण्डीबेरीले भेट गरेका थिए। उनीहरु बीच एमसीसी कार्यान्वयनको विषयमा छलफल भएको थियो।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा