सोमबार, कार्तिक ३ २०८३
ताजा अपडेट

एमसीसी इन्डो–प्यासिफिक रणनीति अन्तर्गत होइन : प्रकाशमान सिंह


  • बुधबार, फाल्गुन २५ २०७८
8.9K
SHARES

फाइल तस्विर

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले एमसीसीलाई इन्डो–प्यासिफिक रणनीति अन्तर्गत नभएको बताएका छन्। शंखमुलमा बुधबार बिहान आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमसीसीका बारेमा भ्रम छर्नेहरुले हुँदै नभएको इन्डो–प्यासिफिक रणनीति जोडेको भन्दै आपत्ति जनाएका हुन्। ‘एमसीसीका बारेमा गलत प्रचार गर्नेहरुले नेपाल आईपीएसको अंग बन्यो भनेर भ्रम छरे,’ नेता सिंहले भने, ‘नेपालको परराष्ट्र नीति असंलग्न नीतिमा आधारित छ। यसलाई हामीले छाडेका छैनौँ।’

सिंहले एमसीसी नेपालको हितका लागि आवश्यक रहेकाले पार्टीले प्रतिपक्षमा हुँदा पनि अमेरिकी सहायता परियोजना एमसीसीको वकालत गरिएको बताए। ‘एमसीसी नेपालको अर्थतन्त्रलाई टेवा पुर्‍याउने काममा लगानी हुन थालेका कारण, नेपालको आवश्यकताअनुसार डिजाइन गरेका कारण नेपालको हितमा रहेको हुनाले आवश्यक छ भनेर कांग्रेसले सरकार र विपक्षमा हुँदा वकालत गरेर हिँडेको हो,’ नेता सिंहले भने।

उनले सरकारमा हुँदा एउटा र सरकारबाट बाहिरिएपछि अर्को कुरा गर्न नमिल्ने पनि जिकिर गरे। ‘एमसीसीका बारेमा राष्ट्रघाति भनेर गलत प्रचार गरियो,’सिंहले भने, ‘राष्ट्रघाति भए संघीय संसदबाट पास हुन्थ्यो त ? सरकारमा रहँदा अगाडि बढाउने, सरकारबाट हटिसकेपछि विरोध गर्न थाल्ने? यसरी त मिल्दैन नि।’

सिंहले नागरिकको घरघरमा पुगेर वास्तविकता बुझाउँदै कांग्रेसलाई जिताउन लाग्न पर्ने धारणा राखे।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा