सोमबार, कार्तिक ३ २०८३
ताजा अपडेट

रंगेलीका मेयर आज एमाले प्रवेश गर्दै, माओवादीद्वारा निर्वाचन आयोगमा कारबाही सिफारिस


  • बुधबार, फाल्गुन २५ २०७८
8K
SHARES

फाइल तस्वि

मोरङको रंगेली नगरपालिकाका मेयर दिलिप बगडियालाई पदबाट हटाउन माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले निर्वाचन आयोग समक्ष सिफारिस गरेको छ ।

बगडिया माओवादी छाडेर आज नेकपा(एमाले) प्रवेश गर्दैछन् । चुनाव ताका उनी पुष्प कमल दाहाल (प्रचण्ड)को हातबाट अबिर लगाएर माओवादीमा प्रवेश गरेका थिए । रंगेलीमा एमाले अध्यक्ष केपी ओलीको उपस्थितिमा हुने सभामा बगडिया आज एमाले प्रवेश गर्दैछन् । यसअघि उनले स्थानीय चुनावकै मुखमा कांग्रेस छाडेर माओवादी रोजेका थिए ।

एमालेमा जाने निश्चित भएपछि माओवादी केन्द्र प्रदेश १ का अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोले विज्ञप्ति जारी गर्दै बगडियाले पार्टी हित विपरीत गतिविधि गरेकाले कारबाहीका लागि आयोगलाई सिफारिस गरेको जनाइएको छ ।

“पार्टीको चुनाव चिह्नबाट नगरप्रमुखमा निर्वाचित भएकाले नगर प्रमुख पदबाट निष्कासन गर्न पार्टीको केन्द्रीय कार्यालयमार्फत निर्वाचन आयोगलाई सिफारिस गरिएको व्यहोरा अवगत गराउँदछौं,” विज्ञप्तिमा उल्लेख  छ । विज्ञप्तिमा पार्टीले २०७८ साल फागुन १५ गतेदेखि लागु हुनेगरी पार्टीको साधारण सदस्यबाट उनलाई निस्काशन गरेको पनि जनाइएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा