आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

प्रचण्डले आफ्नै छोरीज्वाइमाथि डण्डा चलाएपछि…


  • मंगलबार, फाल्गुन २४ २०७८
9.7K
SHARES

फाइल तस्विर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि सबैभन्दा ठूलो रुपमा उठ्दै आएको प्रश्न मध्ये एक हो नातावाद, कृपावाद ।

प्रचण्ड यही कारण पटकपटक नेताकार्यकर्ता देखि जनतासँगको तारो बन्दै आइरहेका छन् । यहीक्रम फेरि दोहोरिएपछि प्रचण्ड फेरि तारोमा परेपछि उनले मुटुमाथि ढुंगा राखी ब्याक भएका छन् ।

प्रचण्डले सोमबार केन्द्रीय कमिटी बैठकमा ९७ जना केन्द्रीय सदस्यको सूची प्रस्ताव गरे। उक्त सूचीमा उनले आफ्नै छोरी र ज्वाइँको नामसमेत समावेश गरेका थिए।

छोरी गंगा दाहाल खसआर्य महिलाअन्तर्गत बागमतीबाट समेटिएकी थिइन् भने ज्वाइँ जीवन आचार्य खसआर्य युवाअन्तर्गत प्रदेश १ बाट समेटिएका थिए।

छोरी ज्वाइँलाई केन्द्रीय कमिटीमा प्रस्ताव गरेपछि प्रचण्डको विरोधमा टीकाटीप्पणी भएको थियो। तर अन्तिम समयमा छोरी र ज्वाइँ केन्द्रीय कमिटीमा अटाएनन्।

निर्वाचनको मुखमा आफ्नै मान्छेहरुलाई केन्द्रीय कमिटीमा ल्याउँदा पार्टीलाई क्षति पुग्ने भन्दै केन्द्रीय नेताहरुले नै विरोध गरेपछि ४७ जनाको नाम हाललाई हटाइएको एक केन्द्रीय सदस्यले बताए। बाँकी ४७ जना निर्वाचनपछि जेठ २० गते बस्ने केन्द्रीय कमिटीले मनोनीत गर्ने बताइएको छ।

कूल ३४४ सदस्यीय केन्द्रीय समितिमा ५० जना मनोनीत गरेसँगै २९७ सदस्य पुगेको छ। अझै ४७ केन्द्रीय सदस्य मनोनीत गर्न बाँकी छ। आठौं महाधिवेशनबाट २४७ सदस्यीय केन्द्रीय समिति चयन भएको थियो।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा