आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

चैट हुने भयो एकीकृत समाजवादीका तिन मन्त्रीको पद !


  • सोमबार, फाल्गुन २३ २०७८
10K
SHARES

फाईल तस्बिर

नेकपा एकीकृत समाजवादीले केही मन्त्रीलाई फिर्ता बोलाएर केही नेतालाई मन्त्री बनाउने तयारी थालेको छ ।

आधा कार्यकालका लागि मात्रै मन्त्री भएकाहरुलाई फिर्ता बोलाएर उनीहरुको ठाउँमा मन्त्री हुन बाँकी रहेका मेटमणी चौधरी, जीवनराम श्रेष्ठ लगायतका सांसदलाई मन्त्रीमा पठाउने तयारी गरेको हो ।

बिहिबार बसेको सत्ता गठबन्धनको बैठकमा पनि केही मन्त्री फिर्ता बोलाएर अरु नेताहरुलाई मन्त्री बनाउनेबारे छलफल भएको स्रोतले जनाएको छ ।

एकीकृत समाजवादीले आफ्ना केही मन्त्रीलाई फिर्ता बोलाउने बताएपछिअन्य पार्टीले पनि यो विषयमा सहमति जनाएका थिए ।

सरकारमा रहेका चारवटै पार्टीले आफ्ना केही मन्त्रीलाई फिर्ता बोलाउन लागेका हुन् । माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले यस अघि नै मन्त्रीहरुलाई आधा कार्यकालका लागि मात्रै नियुक्त गरिएको भन्दै केही सांसदलाई थुम्थुम्याएको थियो ।

स्थानीय तहको निर्वाचन अगावै वा निर्वाचन आचारसंहिता लाग्नु अगावै मन्त्रिपरिषद पुर्नगठन हुने स्रोतको दावी छ । बिहीबारको गठबन्धनको बैठकमा यो विषयले निकैबेर चर्चा पाएको र कुन मन्त्रीले के कस्तो काम गरिरहेका छन् भन्ने बारेमा पनि छलफल भएको स्रोतले जनाएको छ ।

नेकपा एकीकृत समाजबादीबाट गएका मन्त्रीलाई फिर्ता बोलाउने विषयमा चर्चा हुँदा मन्त्रिमण्डल पुर्नगठन गर्नुपर्ने विषयले प्राथमिकता पाएको थियो । एकीकृत समाजवादी पार्टीबाट विरोध खतिवडा, रामकुमारी झाक्री, प्रेम आले, किसान श्रेष्ठ, भवानी खापुङ मन्त्री भएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा