शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

ओलीको प्रश्न : सरकारले अर्थतन्त्र र परराष्ट्र सम्बन्ध ध्वस्त बनायो तर सबै चुपचाप किन ?


  • सोमबार, फाल्गुन २३ २०७८
10.3K
SHARES

फाइल तस्विर

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीले  सरकारले अर्थतन्त्र र परराष्ट्र सम्बन्ध ध्वस्त बनाउँदा समेत सबै चुपचाप लागेको प्रति आपत्ति जनाएका छन् ।

ओलीको टिप्पणी छ, अहिले देशको अर्थतन्त्र यस्तो हुँदा, परराष्ट्र सम्बन्ध बिग्रिँदा चुपचाप छन् । मानिलिऊ केही बिग्रिएकै छैन । आफू प्रधानमन्त्री हुँदा विरोधीले रुखबाट पात ओइलिएर झर्दा पनि विरोध गरेको उनको तर्क थियो ।

‘हामी सरकारमा भयौं भने हाम्रा विरोधीले रुखबाट एउटा ओइलिएको पात झरे पनि यो सरकारको कमजोरीले रुखबाट पातहरु झर्न थाल्याछन्, चैतको महिनामा रुखहरु हेर त उजाड भएका भनेर उधुम मच्छाउँछन्,’ उनले भने ।

सरकार संसदबाट बन्नुपर्ने भए पनि अहिलेको सरकार अदालतको आदेशमा बनेको ओलीले बताए । ‘पार्लियमेन्ट हो सरकार बनाउने थलो, त्यताबाट नसकेर मुद्दा जितेर सरकार ल्याउने भनेपछि डेमोक्रेसी किन चाहियो ? यो त सीमानाको झगडा भन्दा पनि मामुली भयो,’ ओलीले भने ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा