शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

प्रचण्डका छोरीज्वाइँ पनि थपिए माओवादी केन्द्रीय सदस्यमा


  • सोमबार, फाल्गुन २३ २०७८
8.8K
SHARES

फाइल तस्विर

जिल्ला र प्रदेश कमिटीको सिफारिस तथा मनोनीत गरेर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा जारी केन्द्रीय समिति बैठकमा ९७ जनाको नाम प्रस्तुत गरेका छन्।

प्रस्तुत नाममा अध्यक्ष दाहालका छोरी, ज्वाइँ, स्वकीय सचिव (पीए)देखि राष्ट्रियसभा सदस्यको कार्यकाल पूरा गरी हालै बाहिरिएका रामनारायण विडारीसम्म छन्।

खसआर्य महिलाअन्तर्गत बागमतीबाट छोरी गंगा दाहाल केन्द्रीय समितिमा समेटिएकी छन्। खसआर्य युवाअन्तर्गत प्रदेश १ बाट ज्वाइँ जीवन आचार्य चुनिएका छन्।

यसअघि प्रचण्डले जेठी छोरी चितवन भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाललाई केन्द्रीय सदस्य बनाइसकेका छन् भने केही नेताहरुको दम्पती नै केन्द्रीय समितिमा अटाएका थिए। त्यसैगरी आठौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीमा अध्यक्ष दाहालले बुहारी बिना मगर र भाई नारायण दाहाललाई पनि केन्द्रीय सदस्य बनाएका थिए।

यसपालि प्रचण्डका स्वकीय सचिव रमेश मल्ललाई खसआर्य युवातर्फ गण्डकीबाट सूचीमा राखिएको छ। वाईसीएल अध्यक्ष सुमन देवकोटा, माओवादी उपत्यका विशेष प्रदेश सचिव एवं राष्ट्रिय युवा परिषद्‌का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत परेका छन्।

खस आर्य पुरुषबाट रामनारायण विडारी परेका छन्। जनजाति पुरुषतर्फ अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष रञ्जीत तामाङ केन्द्रीय समितिमा समेटिएका छन्।

अध्यक्षले प्रस्तुत गरेका खुलातर्फ ५५ तथा समानुपातिक तर्फ ४२ जनाको नामलाई केन्द्रीय समितिले पारित गरेपछि केन्द्रीय सदस्यहरु चयन हुनेछन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा