एकै परिवारका ५ जनाको ललितपुरमा मृत्यु भएको छ । प्रहरी परिसर ललितपुरका अनुसार कोन्ज्योसोम गाउँपालिकाको नल्लुस्थित वडानम्बर –४ मा एकै परिवारका ५ जनाको मृत्यु भएको हो । ४ जनाको सुतेकै ठाउँमा र १ जनाको उपचारका क्रममा मृत्यु भएको हो ।
राति सुतेकै ठाउँमा मृत्यु हुनेमा ५५ वर्षीया काइँली स्याङ्तान, २३ वर्षीया सुषमा, ९ वर्षीय आशिष, ७ वर्षीय आस्मा रहेका छन् ।दुई दिनका एक नावालको भने उपचारका क्रममा मृत्यु भएको हो । गम्भीर अवस्थाका भेटिएका २२ वर्षीय शुभ तामाङको भने अस्पतालमा उपचार भइरहेको छ ।
महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता शिद्धी विक्रम शाहका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ । प्रारम्भिक अनुसन्धानमा चिकित्सकीय भाषामा ‘स्वीट पोइजन’ भएको भन्ने अनुमान गरिएको छ ।
सुत्केरीका लागि कोइला बालेकाले निस्सासिएर मृत्यु भएको हुनसक्ने पनि प्रहरीको अनुमान छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।