अहिले रूसले युक्रेनमा हमला गरी रहेको अबस्था छ । सक्तिशाली देश रूसका राष्ट्रपती पुटीन आफ्ना सेनाहरुलाई युक्रेन हमलामा केन्द्रीत गरेका छन् । आखिर किन यक्रेनलाई हमला गर्दै छन पुटीन ? अर्थतन्त्रलाई तहसनहस गर्ने युद्दमा होमीनुको रहस्य के छ भन्ने प्रश्न आम जनतामा उब्जीएका छन् ।
रुसले युक्रेनमा हमला गर्नुको प्रमुख कारण रुसले पश्चिमा मुलुकबाट असुरक्षीत महसुस गर्नुनै भएको जनकारहरु बताउने गर्छन । लामो समयदेखि रूसले यूरोपेली संघ ईयू अमेरिकी सैन्य गठबन्धन नेटो र अन्य यूरोपेली संस्थासँग युक्रेनको सम्बन्धप्रति विरोध जनाइरहेको थियो । पुटिनले यतिसम्म तर्क गरिरहेका थिए की वास्तवमा युक्रेन कहिल्यै पनि एक देश थिएन । उनले युक्रेनलाई पश्चिमा देशको कठपुतली बनिरहेको आरोप लगाइरहेका थिए ।
पुटिन यो सुनिश्चित गर्न चाहन्छन् कि युक्रेन अमेरिकी सैन्य गठबन्धन नेटोमा सामेल नहोस् । छिमेकी देश युक्रेन सो गठबन्धनमा सामेल हुँदा रूसलाई सुरक्षा खतरा हुने पुटिनको बुझाई देखिन्छ ।
पुटीन युक्रेन र पश्चिमा मुलकसँग युक्रेनलाई त्यस्ता गठनबन्धनमा नराख्ने सुनिश्चितता मागिरहेका थिए । युक्रेनलाई पुटीनले सैनिकीकरण बन्द गर्न र कुनै गुटको हिस्सा नबन्न चेतावनी दिइरहेका थिए ।
तत्कालीन सोभियत संघको हिस्सा युक्रेनमा रूसी समाज र संस्कृतिको गहिरो प्रभाव छ । त्यहाँ रूसी भाषा बोल्ने मानिसहरूको संख्या पनि निकै धेरै छ । तर, २०१४ मा रूसले हमला गरेपछि दुई देशबीचको सम्बन्ध निकै खराब बनेको थियो । सो वर्ष रूस समर्थक मानिने युक्रेनी तत्कालीन राष्ट्रपतिले सत्ता छाड्नुपरेको थियो । लगत्तै रूसले युक्रेनमा हमला गरेको थियो ।
पुटीन अहिले पनि युक्रेनमा आफु समर्थित सरकार चाहान्छन् त्यसैका लागी रुसले सैनीक हमला गरिरहेको छ । रुसको चाहाना पश्चिमा मुलुकहरु संग युक्रेनको समन्ध नहोस भन्ने रहेको बुझ्न सकिन्छ ।
हर हालतमा आफ्नो सैने तगत लगाएर अहिलेको युक्रेन सरकार अपदस्त पारेर आफ्नै ईसारमा चल्ने सरकार निर्माण गर्ने पुटीनको योजना रहेको प्रस्टै बुझिन्छ ।
रूस–युक्रेन युद्ध अन्त्य गर्न तत्कालै कुनै समाधान निस्कने सम्भावना देखिएको छैन । सैन्य हमला नै थालिसकेकाले रूसले अब युक्रेनको पूर्वी, उत्तरी र दक्षिणी इलाकामा हमला गर्दै त्यहाँको निर्वाचित सरकारलाई अपदस्थ गर्नसक्छ ।
युक्रेन समर्थित पश्चिमा देशरूले रूसी आक्रमणलाई अवैध भन्दै कडा आलोचना गरेका छन् । राष्ट्रसंघ महासचिव एन्टोनियो गुटेरेसले पनि रूसले युक्रेनमाथि गरेको कारबाहीप्रति आलोचना गरेका छन् ।
नेटो गठबन्धनले युक्रेनमा सेना पठाउने कुनै योजना नरहेको बताईसकेको अबस्थामा रुसले युक्रेनलाई सैन तागबाट कब्जा गरेर अहिलेको सरकारलाई अपदस्त गर्दै आफ्नै ईसारामा चल्ने सरकार बनाउने रुसी चाहाना रहेको बुझिन्छ । ।