काठमाडौ । ललितपुरमा एकै घरका ५ जनाको मृत्यु भएको घटनामा प्रहरीले अनुसन्धान थालेको छ । घटनामा एउटा २ दिने शिशु पनि रहेको प्रहरीले जनाएको छ ।
।ललितपुरको कोञ्ज्योसोम गाउँपालिका–वडा नम्बर ४ मा एकै घरका ४ जना मृ त फेला परेका थिए भने एक जनाको उपचारका क्रममा निधन भएको हो ।
महानगरीय अपराध महाशाखाका एसएसपी बसन्त कुँवरले ४ जनाको घटनास्थल र थप एक जनाको उपचारको क्रममा मृत्यु भएको जानकारी दिए । उनका अनुसार सोमबार बिहान ४ जना घरमै शंकास्पद अवस्थामा मृ त फेला परेका थिए भने थप एक जनालाई उपचारका लागि पाटन अस्पताल लगिएको थियो ।
प्रहरीले घटनास्थलमा वि षको जस्तो बट्टा फेला पारेको जनाएको छ भने यसबारे अनुसन्धान सुरु भएको जनाएको छ । दुई जनालाई उपचारका लागि पाटन अस्पताल लगेको थियो । जस मध्य दुइ दिने शिशुको निधन भएको हो । यस्तै घरमुली शुभ स्याङतानको गम्भीर अवस्थामा उपचार भइरहेको छ।
एसएसपी कुँवरका अनुसार घटनास्थलमै ५५ वर्षीय काँइली स्याङतान, ९ वर्षीय आशिष स्याङतान, २४ वर्षीय शुष्मा स्याङतान र ७ वर्षीय आष्मा स्याङतान मृ त फेला परेका थिए ।
स्थानीयले घटनाबारे थाहा पाएपछि प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थल पुगेको थियो । फाइल तस्बिर
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।