आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

माधव नेपालको बोली चिप्लिएपछि तनावमा देउवा-प्रचण्ड


  • सोमबार, फाल्गुन २३ २०७८
8.4K
SHARES

फाईल-तस्बिर

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालकाे बाेली चिप्लिएकाे छ । उनले बाेल्दिन भन्दाभन्दै बाेली चिप्लिएको हाे।

अध्यक्ष नेपालले सत्ता गठबन्धनमा वैशाख ३० का लागि तोकिएको स्थानीय चुनाव सार्नेबारे छलफल भइरहेको बताएका हुन् । उनकाे याे खुलासाले गठबन्धनमा खैलाबैला मच्चिएको छ ।

नेपालले यस्ताे खुलासा गरेपछि माओवादी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवा रुष्ट भएका छन् ।

प्रतिनिधिसभा विघटन गरेर अर्ली इलेक्सनमा जाने चर्चा सत्ता गठबन्धनका शीर्षनेताहरुले सार्वजनिक रुपमा गरिरहे पनि स्थानीय चुनावको घोषित मिति नै पर सार्नेबारे भने पहिलोपटक माधव नेपालले खुलाएका हुन् ।

आइतवार संसद भवनबाट बाहिरिने क्रममा नेपालले बोलेको भिडियोमा केपी ओलीको वितण्डबाट मुलुकलाई मुक्त गर्न संसद विघटन गर्ने र प्याकेजमै चुनावको मिति तोक्नेबारे छलफल भएको बताएका छन् ।

पत्रकारले स्थानीय चुनावको मिति सर्छ ? भनेर सोधेको प्रश्नमा नेपालले भनेका छन्–म भन्न सक्दिन तर त्यो पनि कुरा चलिरहेको छ ।

स्थानीय चुनावको मिति सर्न सक्छ,अब सबै कुरा प्याकेजमा जान्छ ।

यद्यपी उनी लगत्तै यही भिडिओमा माओवादी नेता वर्षमान पुनले भने नेपालले भनेजस्तो स्थानीय चुनाव सर्ने र मंसीरअघि आम चुनाव हुने सम्भावना नरहेको बताएका छन् ।

कांग्रेस महामन्त्री गगन थापाले पनि स्थानीय चुनाव वैशाख ३० बाट दायाँबायाँ नहुने बताइसकेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा