शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

सहमति नजुटे माओवादी केन्द्रको पदाधिकारी चयन चुनावपछि


  • सोमबार, फाल्गुन २३ २०७८
8.5K
SHARES

फाईल तस्बिर

सहमति नजुटे स्थानीय तहको चुनावपछि मात्रै नेकपा माओवादी केन्द्रले पदाधिकारी टुंगो लगाउने भएको छ। केन्द्रीय पदाधिकारी, पोलिटव्यूरो, केन्द्रीय समितिलाई पूर्णता दिन पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आन्तरिक गृहकार्य गरिरहेका छन्। महासचिव पदमा वर्षमान पुन र जनार्दन शर्माको कडा प्रतिस्पर्धा छ। यो पदमा सहमति नजुट्दा पार्टीको केन्द्रीय पदाधिकारी, पोलिटव्यूरो, केन्द्रीय समितिले पूर्णता पाउन सकेको छैन।

महासचिव पदको टुंगो लगाउन अध्यक्ष प्रचण्डले कोसिस गरिरहेका छन्। पार्टीका कमिटीलाई पूर्णता नदिएको भन्दै पार्टीभित्र प्रचण्डको चर्को आलोचना भइरहेको छ। स्थानीय तहको चुनावका बेला पदाधिकारी छनौटका लागि पार्टीभित्र चुनाव गराउँदा पार्टीमा अन्तरविरोध बढ्ने पार्टीका नेताहरुले बताएका छन। त्यसैले अध्यक्ष प्रचण्ड सहमतिमै पार्टीका कमिटीहरु चयन गर्न चाहन्छन्। तर, पदाधिकारीमा सहमति हुने छाँटकाँट नदेखिएको पार्टीका केन्द्रीय सदस्य राजु खड्काले बताए।

पदाधिकारी छनौटमा गृहकार्य नपुगको भन्दै आइतबार बोलाइएको केन्द्रीय कमिटिको बैठक आज सोमबार ११ बजेका लागि अन्तिम समयमा आएर सारिएको थियो। पदाधिकारी चयन, एमसीसी र स्थानीय निर्वाचन लगायतका एजेण्डालाई छलफलको बिषय बनाइएको छ।

‘पदाधिकारी चयनका लागि गृहकार्य नपुगेर आइतबारको बैठक स्थगित भयो,’ पार्टीका प्रमुख सचेतक देव गुरुङले भने,‘सहमतिमा पदाधिकारी चयनको प्रयास भइरहेको छ। यसो हुन नसक्दा चुनावपछि नै होला।’ पदाधिकारी चयन नहुँदासम्म एउटा केन्द्रीय कार्यालय टिम बनाएर स्थानीय तहमा नेताहरुलाई परिचालन गर्न अध्यक्ष प्रचण्डले रोडम्याप बनाएका छन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा