शनिबार, साउन ३० २०८३
ताजा अपडेट

पेट्रोलियम पदार्थको मूल्यमा नयाँ कीर्तिमान, प्रति ब्यारेल कच्चा तेलको भाउ १३० डलर


  • सोमबार, फाल्गुन २३ २०७८
9.9K
SHARES

फाइल तस्विर

पेट्रोलियम पदार्थको मूल्यमा नयाँ कीर्तिमान, प्रति ब्यारेल कच्चा तेलको भाउ १३० डलर पुगेको छ ।  विश्व बजारमा पेट्रोलियम पदार्थको कच्चा मूल्य प्रतिब्यारेल १३० रुपैयाँ पुगेको हो । तेलसम्बन्धी जानकारी दिने ओयलप्राइस डटकमका अनुसार आज ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल १३० डलरभन्दा माथि पुगेको हो ।

यस्तै, आज डब्लूटीआई कच्चा तेलको मूल्य प्रति ब्यारेल १२५ डलरभन्दा माथि पुगेको छ भने तरल प्राकृतिक ग्यासको मूल्य पनि प्रति ब्यारेल ५ डलरभन्दामाथि पुगेको छ ।

रुस र युक्रेनको युद्धको प्रभावले विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको छ । रुस विश्वको दोस्रो ठूलो पेट्रोलियम पदार्थ निर्यात गर्ने मुलुक हो । यही मुलुक छिमेकी युक्रेनसँग सैन्य भिडन्तमा उल्झेपछि पेट्रोलियम पदार्थको मूल्यले दिनदिनै नयाँ कीर्तिमानी मूल्य कायम गर्दैछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा