मंगलबार, कार्तिक ४ २०८३
ताजा अपडेट

कमिशनका कारण वीरगन्जमा पेट्रोलियम पदार्थको कृत्रिम अभाव


  • सोमबार, फाल्गुन २३ २०७८
9.5K
SHARES

फाइल तस्विर

इन्धन विक्रेताहरुले कमिशनमा कमि भएको भन्दै इन्धन नउठाएको कारण वीरगन्जमा पेट्रोलको कृत्तिम अभाव सिर्जना भएको छ ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेसँगै इन्धन विक्रेता डिलरवालाहरुले कमिशन नबढाएको भन्दै अमलेखगन्जस्थित डिपोबाट पेट्रोलियम पदार्थ ढुवानी कार्य रोकेपछि बारा, पर्सामा पेट्रोलियम पदार्थको कृत्तिम अभाव भएको हो ।

यही हप्ता नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा घाटा लागेको भन्दै मुल्यवृद्धि गरेसँगै विक्रेताहरुले पनि आफ्नो कमिशन बढाउनुपर्ने माग राख्दै आएका छन् । जसको कारण वीरगन्जका अधिकांश पेट्रोल पम्पहरु बन्द रहेका छन् ।

आइतबार विहानैदेखि वीरगन्जस्थितका पेट्रोल पम्पहरुले आफ्नो आयल स्टोर अगाडि ‘पेट्रोल छैन’ भनेर बोर्ड झुण्ड्याएको छ ।

वीरगन्ज नेश्नल ट्रेडिङ्गस्थित श्री आयल डिस्ट्रिव्युटर्स, बाइपास रोडमा रहेको दिनबन्धु आयल स्टोर, शुभलाभ आयाल स्टोरलगायत वीरगन्जका सम्पूर्ण आयल स्टोरहरु अहिले पेट्रोल छैन भनेर बोर्ड झुण्ड्याएको छ । पेट्रोल नपाएरपछि सर्वसाधारणहरु मर्कामा परेका छन् ।

वीरगन्जको पावरहाउस चोकस्थिट केडिया आयल स्टोरमा मात्रै पेट्रोल वितरण हुँदै आएको छ । त्यहाँ सयौंको संख्यामा सर्वसाधारणहरुको भीड लागेको छ । पेट्रोलको लागि वीरगन्ज पुरै बजार घुमेपनि कुनैपनि आयल स्टोर खुल्ला नभएको स्थानीयले बताए ।

पेट्रोल पम्पहरुले विभिन्न बहाना बनाई पेट्रोल उपलब्ध नभएको भन्दै फर्काउने गरेको सर्वसाधारणको भनाइ छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा