शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

रुसी सेनाको हमलामा सर्बसाधारणको मृत्यु


  • सोमबार, फाल्गुन २३ २०७८
9.3K
SHARES

Photo: Agency

युक्रेनमा रुसी सेनाले हमला गर्ने क्रम जारी छ । पछिल्लो हमलामा सर्बसाधारण नागरिक मर्ने क्रम बढ्दो छ । राजधानी किभनजिकैको सहर इरपिनमा रुसी सेनाले गरेको फयरिङमा एक महिला र उनका दुई सन्तानको मृत्यु भएको छ ।

रुसले किभमा बृहत हमलाको तयारी गर्न लागेको युक्रेनका सुरक्षा अधिकारीहरुले चेतावनी दिएका छन् । युक्रेनी शहरहरूमा दशौँ हजार सर्वसाधारण फसिरहेको र त्यहाँ मानवीय संकट गहिरिएको बताइएको छ । यसैबीच, राष्ट्रसंघले युक्रेनबाट १५ लाख मानिस बिस्थापित भएको जनाएको छ ।

युक्रेनीहरु पुटिनको आक्रमणको डटेर सामना गरिरहेका छन्। रुसी सेनाको कब्जामा लिएका शहरहरूमा समेत युक्रेनी नागरिकहरू बहादुरीका साथ युक्रेनी झन्डासहित प्रदर्शनमा उत्रेका छन्। केही साहसी नागरिकहरू गुडिरहेको रुसी ट्याङ्क र बख्तरबन्द गाडीको कुनै प्रवाह नगरी युक्रेनी झण्डा फहराइरहेका छन्।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुनै सैन्य उत्तेजना बेगर नै युक्रेनमाथि सैन्य आक्रमण गरेको महँगो मूल्यको सामना गरिरहेका छन्। युक्रेन आक्रमणसँगै पुटिन पश्चिमा जगतबाट सम्पूर्ण रुपमा एक्लिएका मात्र छैनन् युद्धमा भइरहेको सैन्य क्षति, कठोर आर्थिक नाकाबन्दीसँगै आन्तरिक विद्रोहको समेत सामना गर्नुपरेको छ। छिटो युद्ध सक्न रुसी सेनाले अन्धाधुन्द आक्रमण जारी राख्दा सर्वसाधारणको हताहति बढेको छ भने युक्रेनमा मानवीय संकट गहिरिएको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा