काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमाथि अर्को बज्रपात भएको छ । सभामुख सापकोटाले एमालेका एक सांसदलाई कारवाहीको डण्डा चलाएका हुन् ।
बलात्कार आरोपमा पक्राउ परेका नेकपा एमालेका सांसद मोहन बानियाँ निलम्बनमा परेका छन्।
सभामुख अग्निप्रसाद सापकोटाले सांसद बानियाँ निलम्बनमा परेको आज प्रतिनिधि सभा बैठकमा जानकारी गराएका थिए।
सांसद बानियाँलाई जिल्ला प्रहरी कार्यालय बाँकेले गत फागुन १६ गते पक्राउ गरेको थियो।
जबरजस्ती करणी अभियोगमा मुगुका सांसद बानियाँ पक्राउ परेका थिए।
सांसद बानियाँविरूद्ध जुम्लाकी एक महिलाले बाँके प्रहरीमा जबरजस्ती करणी गरेको गरेको भन्दै जाहेरी दिएकी थिइन्।
४० वर्षीया ती महिलाले सांसद बानियाँले बाँकेस्थित होटल अप्सरामा बिहानीपख आफूमाथि जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी थिइन्।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।