इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगितामा आज राति सिजनको दोस्रो म्यानचेस्टर डर्बी भिडन्त हुँदैछ ।
बेलायतको म्यानचेस्टर सहरका दुई सहरी प्रतिस्पर्धी क्लब म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेड सिजनको दोस्रो लेगको खेलमा आज हुँदैछ ।
उपाधिका लागि पहिलो स्थानमा रहेको सिटी र चौथो स्थानमा युनाइटेड बीच हुने आजको खेल रोमाञ्चक हुने पक्का छ ।
यो खेललाई प्रिमियर लिगको ठूलो भिडन्तको रुपमा हेरिन्छ ।
सिटीले हालसम्म २७ खेलबाट कूल ६६ अंक जोडेको छ । यो सिजन सिटीले २१ खेल जित्दा ३ खेल बराबरी गरेको छ भने ३ खेलमा हार बेहोरेको छ ।
सिटी हाल दोस्रो स्थानको लिभरपुलभन्दा मात्रै ३ अंकको अन्तरले अघि रहेको छ ।
युनाइटेडले २७ खेलपछि कूल ४७ अंक जोडेर चौथो स्थानमा रहेको छ ।
युनाइटेडले हालसम्म १३ खेल मात्रै जित्दा ८ खेल बराबरी गरेको छ भने ६ खेलमा हार व्यहोरेको छ । ताजा अवस्थामा युनाइटेड लिग लिडर म्यानचेस्टर सिटीभन्दा स्पष्ट १९ अंकले पछि रहेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।