शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

अर्लि इलेक्सनको चर्चा स्थानीय चुनाव सार्ने षड्यन्त्र हुनसक्छ : नेम्वाङ


  • आइतबार, फाल्गुन २२ २०७८
8.9K
SHARES

फाईल तस्बिर

आइतबार संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले स्थानीय तह चुनाव समयमा नगर्ने योजना अनुसार सत्तारुढ गठबन्धनले अर्लि इलेक्सनको चर्चा गरेको टिप्पणी गरेका छन् ।

उनले स्थानीय निर्वाचन भत्काउने, सार्ने र गडबड गर्ने उद्देश्यले अर्लि इलेक्सनको चर्चा भएको हुन सक्ने बताए ।

उहाँहरुको सोझो हिडाइ छैन, उहाँहरु स्थानीय तह निर्वाचन भत्काउन लाग्ने, पर पुर्‍याउने निर्वाचन हलमै गडबड गर्ने लगायतका कुरा हुन सक्छन्’ उनले भने ।

संसदले ठीक ढंगले काम नगरेपछि विघटन गर्दा प्रतिगमन भयो भन्ने दलहरुले नै अर्लि इलेक्सनको चर्चा गर्दा शंका बढेको नेम्वाङले बताए । ‘उहाँहरुले अहिले किन यस्तो सोचाइ ल्याइरहनुभएको छ ?’ उनले प्रश्न गरे ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा