शनिबार, साउन ३० २०८३
ताजा अपडेट

संसद विघटन गर्नुअघि संविधान संशोधन गरौं : वामदेव


  • आइतबार, फाल्गुन २२ २०७८
6.9K
SHARES

फाईल तस्बिर

राष्ट्रियसभा सदस्य वामदेव गौतमले संविधान संशोधन गरेरमात्रै संसद विघटन गर्न सुझाव दिएका छन्। त्यसका लागि राष्ट्रिय राजनीतिक सहमतिको आवश्यकता रहेको उनले बताए।

ताजा जनादेशका लागि प्रतिनिधिसभा भंग गरी निर्वाचनमा जानुभन्दा अर्को सही विकल्प पनि छैन भन्ने हो भने सबभन्दा पहिले राष्ट्रिय राजनीतिक सहमतिमा नेपालको संविधान संशोधन गरेर प्रतिनिधिसभा भंग गरी निर्वाचनमा जाने संवैधानिक बाटो तय गर्नुपर्छ,’ विज्ञप्ति जारी गर्दै उनले भने।

उनले यही अवस्थामा संसद भंग गर्ने हो भने पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चालेको त्यसबेलाको कदम सही थियो भनेर स्वीकार्नुपर्ने बताए।

‘यो असंवैधानिक भए पनि राजनीतिक इमान्दारीताको कदम हुनेछ। त्यसो गर्न गठबन्धनका नेताहरुको स्वाभिमानले दिँदैन र असंवैधानिक पनि हुन्छ,’ उनले भने।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा