रुसका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले युक्रेनका जनतालाई रुसको हमलाविरुद्ध लडाईं जारी राख्न अपिल गरेका छन् । राष्ट्रपति जेलेन्स्कीले शनिबार राती किभबाट देशलाई सम्बोधन गरे । उनले मानिसमा जोश भर्दै अब जवाफ दिने समय आएको बताए ।
उनले भने, ‘तपाईंहरु बाहिर निस्कन र यो खराबीलाई आफ्नो शहरबाट बाहिर फ्याँक्न आवश्यकता छ ।’तर यसका साथै उनले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग युक्रेनलाई थप लडाकू विमान दिन अपिल पनि गरे ।
उनले अमेरिकासँग रुस समर्थित लडाकू विमान दिन अनुरोध गरे । यी विमानलाई युक्रेनका पाइलटले पनि चलाउन सक्ने कुरालाई उनले जानकारी दिए ।
युक्रेनलाई मिग लडाकू विमान प्रदान गर्नका लागि अमेरिकी अधिकारी पोल्याण्डका नेताको सम्पर्कमा भएको बताइन्छ ।
पोल्याण्डले सोभियत कालका लडाकू विमानको प्रयोग क्रमशः बन्द गरिरहेका छन् । यस्तोमा यी विमान युक्रेनलाई दिन सकिन्छ किनभने युक्रेनका पाइलटले पश्चिम देशमा निर्मित विमानलाई उडाउन प्रशिक्षण पाएका छैनन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।