शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

लगानीकर्तालाई खुशीको खबर : अब बढ्ने भयो बजार, दुई बर्षसम्म ढुक्क


  • आइतबार, फाल्गुन २२ २०७८
9.3K
SHARES

फाईल तस्बिर

काठमाडौं – माओवादी केन्द्रका नेता जनार्दन शर्मा अर्थमन्त्री भएदेखि ओरालो लाग्न थालेको बजार अझै सम्हालिएको छैन् । मन्त्रीकै कारण बजार प्रधावित भएको भन्दै लगानीकर्ताले प्रधानमन्त्री गुहारेपछि अर्थमन्त्री शर्मालाई झट्का लागेको छ ।

शर्माले मन्त्रालय सम्हालेको दिनदेखि निरन्तर बजार ओरालो लागेपछि र मन्त्रालयमा हालीमुहाली गर्दा समग्र अर्थतन्त्र नै संकटमा परेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई हटाउने भएका छन् ।

शर्माको कार्यशैलीप्रति असन्तुष्ट बनेका प्रधानमन्त्री देउवाले अर्थतन्त्रको राम्रो ज्ञान भएको व्यक्तीलाई ल्याउने तयारी भएको स्रोतले जानकारी दिएको हो ।

अर्थतन्त्र सुधारका काम गर्न नसकेको र संकटकालीन अर्थतन्त्रमाथि उठाउन कुनै चिन्ता नलिएको भन्दै प्रधानमन्त्रीले आफू निकटहरूसँग असन्तुष्टि जाहेर गर्न थालेका हुन् ।

प्रधानमन्त्री निकटस्थहरूले देउवालाई अर्थमन्त्री परिवर्तन गरेर अर्थतन्त्रको ज्ञान भएकै व्यक्तिलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिन सुझाव दिइरहेका छन् ।

प्रधानमन्त्रीले भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग परामर्श गरेर निर्णय लिने तयारी गरेको देउवा निकट स्रोत बताउँछन् ।

“अर्थतन्त्रको पर्याप्त ज्ञान नभएको र जानेका व्यक्तिसँग परामर्शमा अघि बढ्ने स्वभाव पनि नभएका कारण अर्थमन्त्री परिवर्तन गर्नुपर्ने आवश्यकता देखिएको छ ।’ प्रधानमन्त्री निकट श्रोतले भन्यो ।

‘प्रधानमन्त्रीले चाँडै माओवादी केन्द्रलाई परराष्ट्रमन्त्रालय दिएर भएपनि अर्थ मन्त्रालयमा अर्कै व्यक्तिलाई पठाउन सक्नुहुन्छ,” स्रोतले भन्यो, “प्रचण्डजीले मान्नुभएन भने पनि उहाँकै पार्टीबाट अर्थतन्त्र बुझेको व्यक्ति पठाउन प्रधानमन्त्रीले भन्नुहुनेछ ।”

अर्थमन्त्री शर्माले अर्थमन्त्रालयकै विज्ञ कर्मचारीसँगसमेत परामर्श नगरी निर्णय लिने गरेको, मातहतका निकायका पदाधिकारीसँग एक्लै छलफलमा बस्ने गरेको तथा जुनियर कर्मचारीको सरुवामासमेत चासो राख्ने गरेको भन्दै अर्थ मन्त्रालयका अधिकारीहरूसमेत असन्तुष्ट छन् ।

अर्थमन्त्री शर्माले सेयर बजारका विषयमा दिएका अभिव्यक्तिको पनि चर्को आलोचना भएको थियो । यसअघि ऊर्जा मन्त्रालयमा सफल छवि बनाएका शर्मा अर्थ मन्त्रालयमा आएपछि छवि सुधार हुन सकेको छैन ।

अर्थमन्त्री हटेको भोलीपल्टदेखि बजारा हरियाली छाउने शेयर बजारका जानकारहरु बताउँछन् । बेरिस ट्रेण्ड आउन अझैं दुई बर्ष बाँकी रहेकाले बजार बढेर जानेछ । अब दुई बर्षसम्म राम्रो प्रतिफल दिने कम्पनीमा लगानी गरेर ढुक्क हुन लगानीकर्ताको आग्रह छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा