शनिबार, साउन ९ २०८३
ताजा अपडेट

प्रचण्ड र बाबुरामको नामै लिएर यसरी खनिए विप्लव !


  • शनिबार, फाल्गुन २१ २०७८
7.9K
SHARES

तस्विरः फाइल

नेकपाका महाचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले अहिले देश परिवर्तन गर्छु भनेर आएका नेताहरु साम्राज्यवादसँग घुँडा टेकेर साँठगाँठ गरेको आरोप लगाएका छन् ।

उनले प्रचण्ड, बाबुराम भट्टराई लगायतको नाम लिएर परिवर्तनको लागि ती नेताले जनतालाई धोका दिएको आरोप लगाए ।

एमसीसी विरोधी सभालाई आज सम्बोधन गर्दै महासचिव विप्लवले यस्तो बताएका हुन् । उनले आफूहरु प्रतिबन्धकै अवस्थामा पनि एमसीसीको विरुद्धमा लडेको सुनाए । उनले आफूहरुले देशको हितको लागि संघर्ष गरेको तर सरकारले आफूहरुमाथि प्रतिबन्ध गरेको पनि गुनासो पोखे ।

उनले एमसीसीको विरोधमा आफूहरुले प्रतिबन्धकै अवस्थामा जनतालाई नझुक्नको लागि अपिल गरेको स्मरण गराए ।

हिजो मात्रै विप्लवले एमसिसी सम्झौता अनुमोदन भएको दिन १५ फागुन कालो दिनको रूपमा दर्ज भएको बताएका थिए ।

विभिन्न ६ कम्युनिष्ट पार्टी र दुई मोर्चाले एमसिसीविरुद्ध शुक्रबार काठमाडौंमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै विप्लवले राष्ट्रहितविपरीतको देश र जनताको भावना बेचेर सदनबाट एमसिसी सम्झौता अनुमोदन गरेर १५ फागुन कालो दिनको रूपमा दर्ज भएको बताएका हुन् ।

उनले भने, ‘राष्ट्रभक्त जनताको विरोध भइरहँदा कथित जनप्रतिनिधिको संस्था संसदबाट एमसिसी अनुमोदन गरियो । नेपाल कब्जा गर्नेगरी, जनताको भावना, देशको भावनाविपरीत १५ फागुनमा एमसिसी अनुमोदन गरियो । १ पुसजस्तै १५ फागुन पनि कालो दिनमा दर्ज भएको छ ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा