शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

पुरानै लयमा फर्किँदै काठमाडौँ, कोरोनाका कारण गरिएका उपत्यकाका सबै प्रतिबन्ध हटाइयो


  • शनिबार, फाल्गुन २१ २०७८
9.5K
SHARES

फाईल तस्बिर

कोरोनाको कहरको चपेटामा परेर थलिएको काठमाडौँ पुरानै लयमा फर्किने भएको छ । काठमाडौँ उपत्यकामा सबै प्रतिबन्धात्मक व्यवस्था हटाइएको छ ।

उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालय काठमाडौँ, ललितपुर र भक्तपुरले शुक्रवार एक आदेश जारी गरी कोरोना संक्रमण रोकथामका लागि यसअघि जारी भएका सबै प्रतिबन्धात्मक व्यवस्था पूर्ण रूपमा हटाइएको बताएको छ।

कोरोना संक्रमण घट्दै गएपछि आज (शनिबार)देखि लागू हुनेगरी राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक तथा व्यावसायिक क्रियाकलाप सञ्चालन गर्न/गराउन उक्त आदेशमा भनिएको छ। आदेशमा यसरी गतिविधि सञ्चालन गर्दा प्रचलित स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न आग्रह गरिएको छ।

लामो समय कोरोनाले थलिएका व्यवसाय पूर्ण रूपमा लकडाउन खुले सँगै लयमा फर्कने व्यवसायीहरूको आस छ । कोरोनाको चपेटामा व्यवसायीहरू पर्दै आएका छन् । होटेल पार्टी प्यालेस व्यवसायीहरू सबैभन्दा धेरै मारमा परेका थिए भने सम्पूर्ण अर्थतन्त्रमा समेत कोरोना लकडाउनले प्रभाव पारेको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा