आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

फेक युट्युब च्यानलहरू भागाभाग, १६ वटा च्यानललाई कारबाही गर्न काउन्सिलबाट सिफारिस


  • शुक्रबार, फाल्गुन २० २०७८
13.5K
SHARES

फाइल तस्विर

प्रेस काउन्सिल नेपालले १६ वटा युट्युब च्यानलमाथि कारबाहीलागि नेपाल प्रहरीको साइबर ब्यूरोमा सिफारिस गरेको छ ।

काउन्सिलले यी च्यानलहरूमाथि अनुसन्धान गरी कारबाही गर्न ब्यूरोमा सिफारिस गरेको हो । ब्यूरोममा सिफारिस गरे संगै मिडियामा सम्बन्ध नभई मनोमानि आफ्नै किसिमले भिडियो संप्रेसण गर्ने च्यानल संचालकहरु भागाभाग को अबस्था आउने जानकारहरु बताउँछन् । ।

काउन्सिलले विज्ञप्ति निकाल्दै कुनै पनि मिडियाअन्तर्गत आवद्ध नभएका १६ वटा च्यानललाई कारबाहीका लागि सिफारिस गरेको जनाएको छ ।

काउन्सिलले भनेको छ, ‘हालसम्म विभिन्न सञ्चारमाध्यमबाट सम्प्रेषित सामग्री अध्ययन गर्दा सार्वजनिक अपराधसँग जोडिएका व्यक्ति तथा पीडितहरूको पक्षरविपक्ष हुने गरी सामग्री सम्प्रेषण हुँदा सत्यतथ्य छानबिनलगायत समग्र न्यायिक प्रक्रियामा असर पर्न जाने, पीडित व्यक्तिलाई नकारात्मक असर पर्ने थप पीडा हुने देखिन्छ । जुन कार्यबाट पत्रकार आचार संहिता २०७३ ९पहिलो संशोधन २०७६० को दफा ५ ९११०, ५ ९४० र ४ ९९० को ठाडो उल्लंघन भएको छ ।

यसरी मनोमानी तरिकाले आफूखुसी भिडियो बनाएर सामाजिक सञ्जालमा सम्प्रेषण गर्ने च्यानलहरूलाई प्रेस काउन्सिलले सिफारिस गरे सँगै साइबर ब्युरोले कारबाही प्रक्रिया अगाडी बढाउने बाटो खुल्ने छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा