शनिबार, साउन ९ २०८३
ताजा अपडेट

रुसविरुद्ध एक्सनमै उत्रिए वामदेव गौतम, चाले यस्तो कदम !


  • शुक्रबार, फाल्गुन २० २०७८
7.3K
SHARES

फाइल तस्विर

काठमाडौ । नेपाली राजनीतिमा वर्तमान अवस्थामा चुपचापको अवस्थामा रहेका बमदेव गौतमले रुस युक्रेन युद्धका विषयमा मुख खोलेका छन् ।

राष्ट्रियसभा सदस्य समेत रहेका गौतमले रुसले युक्रेनमाथिको आक्रमण तुरुन्त बन्द गर्नुपर्ने बताएका छन् ।

आइतबार एक विज्ञप्ति जारी गरी उनले रुसले गरेको आक्रमण दोस्रो विश्वयुद्धपछि सुरु भएको राष्ट्रिय स्वतन्त्रता, समृद्धि र लोकतन्त्रको विश्व प्रवृत्तिका विरुद्ध रहेको बताएका छन् ।

‘यो युद्ध दोस्रो विश्युद्धको अन्त्यबाट विकसित भएको विश्व प्रवृतिका विरुद्धमा छ । शान्तिपूर्ण बाटोबाट आफ्नो विकास गर्न चाहने नेपालजस्ता १०० भन्दा धेरै राष्ट्रहरूका चाहनाका विरुद्धमा छ’ उनले भने ।

नेता गौतमले यो अवस्थालाई ह्रदयंगम गर्दै रुसले तुरुन्त युद्ध बन्द गरेर आफ्ना सैनिक फर्काउनुपर्ने र शान्ति वार्ताबाट दुई राष्ट्रका बीचको समस्या समाधान गर्नुपर्ने बताए ।

उनले रुस युक्रेन युद्धको सन्दर्भमा नेटो सैनिक संगठन पनि भंग गर्नुपर्ने बताए । ‘हिन्द प्रशान्त सैनिक संगठन खडा गर्न लागिएका काम बन्द गर्नुपर्छ । आफ्नो राष्ट्रको सिमानाभन्दा बाहिर राखिएका फौजी अखडाहरू आफ्नो राष्ट्रिय सीमाभित्र लैजानुपर्छ’ गौतमले भनेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा