शनिबार, साउन ९ २०८३
ताजा अपडेट

एमसीसीमा ‘कन्फ्युजन’ हट्यो, अब एमसीसी कार्यन्वयनको बाटो लाग्यो : ओनसरी घर्ती


  • शुक्रबार, फाल्गुन २० २०७८
9.9K
SHARES

फाइल तस्विर

नेकपा माओवादी केन्द्रकी नेतृ ओनसरी घर्ती मगरले एमसीसीमा १२ बुँदे व्याख्यात्मक घोषणाले यसअघि रहेका ‘कन्फ्युजन’ हटेको दावी गरेकी छन् ।

‘एमसीसी जस्ताको तस्तै होइन, १२ बुँदे व्याख्यात्मक घोषणासहित पारित भयो । सार्वभौम संसदले यो जसरी पास गरेको छ, सार्वभौम संसदले पारित गरेको कुरा मलाई सानो लाग्दैन, त्यसकारण १२ बुँदामा स्पस्ट अडान राखिसकेका छौ, अव यसमा कन्फ्युजन रहेन’, घर्तीको भनाइ छ ।

माओवादीको जारी केन्द्रीय कमिटी बैठकमा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै पूर्वसभामुख समेत रहेकी घर्तीले पार्टीभित्र एमसीसीबारे भिन्न मत उठेपनि त्यसबारे पार्टीभित्र छलफल गरेर अघि बढ्ने तयारी भएको बताइन् ।

व्याख्यात्मक टिप्पणी सहित सदनबाट एमसीसी पास भए पछि माओवादी पार्टी भित्रै विवाद रहँदै आएको थियो । पार्टी भित्र नारायणकाजी समूह यथास्थितिमा एमसीसी पास गराएको विषयमा असन्तुष्ट रहँदै आएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा