माओवादी अध्यक्ष प्रचण्डले नेकपा एमाले अध्यक्ष केपी ओली र उनको पार्टीले अहिलेको अवस्थामा सभामुखलाई हटाउन नसक्ने बताएका छन् ।प्रचण्डले सभामुख अग्निप्रसाद सापकोटालाई महाअभियोगबाट हटाउन सक्ने अवस्था नरहेको बताएका छन् । केन्द्रीय कमिटीको शुक्रबारको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।
एमालेले सभामुखलाई हटाइनुपर्ने धारणा राख्दै आएको सन्दर्भमा प्रचण्डले एमालेले महाभियोग नै लगाएपनि हटाउन सक्ने अवस्था नरहेको बताएका हुन् ।
‘अहिलेकै अवस्थामा सभामुख हट्ने अवस्था छैन । महाभियोग लगाइहाले पनि उहाँकै विषयमा चर्चा गर्ने बेलामा संसदको अध्यक्षता उहाँले गर्नुहुन्न । बाँकी बेलामा संसदको अध्यक्षता गर्न उहाँलाई संविधान र कानुनले कहीँ बन्देज लगाएको छैन’, प्रचण्डले भने, ‘यसकारण सभामुख हट्न सक्ने अवस्था भएन ।’
जटिल अवस्थामा संसदको प्रक्रिया अघि बढेको भएपनि एमालेले विगतमा दुई पटकसम्म संसद विघटन गरेको भन्दै प्रचण्डले अहिले पनि संसदको औचित्य छैन भन्ने सावित गर्न पनि अवरोधमा लागिरहेको बताए ।
प्रचण्डले एमसीसीमा अप्रत्यक्ष रुपमा एमालेले विरोध गरेजस्तो गरेपनि पारित भने गर्न दिएको बताए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।