शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

एमसीसी पास भई सक्यो, सत्ता गठबन्धन चुनावसम्म जानेमा निश्चित छु : प्रचण्ड


  • शुक्रबार, फाल्गुन २० २०७८
17.5K
SHARES

फाइल तस्विर

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसी पास भइसकेको अवस्थामा अहिलेको सत्ता गठबन्धन चुनाव सम्म जानेमा निश्चिन्त भएको बताएका छन् ।

प्रतिनिधिसभाबाट एमसीसी पास भएसँगै गठबन्धनभित्र देखिएको अन्योलता हटेको बताउँदै प्रचण्डले अबचाहिँ गठबन्धन चुनावसम्मै जाने निश्चित भएको बताएका हुन् ।

पार्टीको शुक्रबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रचण्डले देशको राजनीतिले नयाँ कोर्स पक्रिएको बताएको एक नेताले बताए ।  ‘गठबन्धन टुट्ने हो कि राष्ट्रिय राजनीति नै फेरि अन्योल र प्रतिगमनतिरै जाने हो कि भन्ने महसुश गरिएको थियो ।

त्यसमा एमसीसीसँग भएका मतमतान्तर नै कारक थियो’, प्रचण्डको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘गठबन्धन बनाउँदा एमसीसीलाई सर्तको रुपमा राखेको होइन ।

साझा नीति कार्यक्रममा पनि एमसीसीमा राखिएको होइन । समय बित्दै जाँदा गठबन्धनभित्र एमसीसीको विषयले प्राथमिकता प्राप्त गर्दै गयो । त्यसमा मतमतान्तर भएपनि निकास दिइयो । अबचाहिँ गठबन्धन पनि निर्वाचनसम्म सुरक्षित रहने करिब निश्चित भयो ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा