शनिबार, साउन ९ २०८३
ताजा अपडेट

हामी पनि गाडी भाडा बढाउँछौँ : व्यवसायी


  • शुक्रबार, फाल्गुन २० २०७८
9.8K
SHARES

फाईल तस्बिर

यातायात व्यवसायीहरुले सार्वजनिक सवारीको भाडा बढाउने बताएका छन्। पेट्रोलियम पदार्थमा अत्याधिक मूल्य बृद्धि भएका कारण थेग्न नसक्ने अवस्थामा पुगेकाले भाडा बढाउने तयारी गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए।

‘यो त अचाक्ली भइसक्यो। हामीले सरकारलाई कर कटौती गरेर विकल्प खोज्ने हो कि भनेका थियौँ खोजेन। मूल्य बढाइरह्यो। अब हामी पनि गाडी भाडा बढाउँछौँ ।

कोरोना कहरका कारण लामो समय चपेटामा परेको यातायात व्यवसायीहरु बैंकको किस्ता बुझाउन नसकेको अवस्थामा आयाल निगमले पटक पटक पेट्रोलियम पदार्थको मूल्य बढाउँदा थप मर्कामा परेको उनको भनाई छ। व्यवसायीलाई मात्रै नभएर आम उपभोक्तालाई प्रत्यक्ष असर पर्ने गरी मूल्य बढेको उनले बताए।

व्यवसायीहरुले निगमलाई मूल्य बृद्धि फिर्ता गर्न ध्यानाकर्षण गराए पनि बेवास्ता गरिएको उनको गुनासो छ।

यातायात व्यवस्था विभागबाट २०७८ असार २७ गते भाडा समायोजन गर्दा डिजेलको मूल्य १०८ रुपैयाँ प्रतिलिटर रहेकोमा हाल प्रतिलिटर १३३ रुपैयाँ पुगेको छ। त्यो समयमा पेट्रोलको मूल्य प्रतिलिटर १२५ रुपैयाँ रहेकोमा हाल १५० रुपैयाँ पुगिसकेको छ।

निगमले बिहीबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर ५(५ रूपैयाँका दरले बढाएको हो।
इन्डियन आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएपछि निगमले फेरि पेट्रोल र डिजेलको मूल्य बढाएको छ हो।

पटक पटक डिलेज र पेट्रोलमा प्रतिलिटर २५/२५ रुपैयाँका दरले बढेको प्रति ध्यानाकर्षण भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा