आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

पल शाह प्रकरणमा बोले बाबुराम भट्टराई, के भने ?


  • शुक्रबार, फाल्गुन २० २०७८
12.6K
SHARES

फाइल तस्विर

काठमाडौं । यतिबेला नेपाली कला क्षेत्र अभिनेता पल शाह प्रकरणले तरंगित छ । एक नाबालिग गायिकाले अभिनेता शाहविरुद्ध जबर्जस्ती करणीको आरोपमा उजुरी दिएपछि पल केही दिनदेखि प्रहरी हिरासतमा छन् । प्रहरीले पललाई हिरासतमा राखेर अनुसन्धान जारी राख्दा यस विषयमा नेपाली सेलेब्रिटीहरु खुल्न थालेका छन् ।

सुरुको समय यस बिषयमा अधिकांश कलाकर्मी मौन थिए । तर पछिल्लो दिनमा भने सेलेब्रिटीहरु एकपछि अर्को गर्दै खुल्न थालेका हुन् । उनीहरुले यस बिषयमा गम्भीर हुन,नारीको सम्मान गर्न र बालबालिकाहरुका अधिकारको रक्षा गर्नसमेत आह्वान छन् । अब यो विषयले कला क्षेत्र मात्रै नभएर राजनितिकर्मि हरुको पनि ध्यान खिचेको छ । राजनीतिक वृत्तबाट पहिलो टिप्पणी पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गरेका छन् ।

सामाजिक सञ्जालमा सक्रिय नेता डा. भट्टराईले ट्विटरमार्फत् आफ्नो धारणा राखेका हुन् । उनको सहानुभूति नाबालिग गायिकाप्रति छ । डा. भट्टरार्ईले लेखेका छन्, ‘नाबालिग किशोरीको यौनशोषणसम्बन्धी अतिसंवेदनशील मुद्दामा पहिलो दृष्टिमै पीडितप्रति सहानुभूति–समर्थन हुनुपर्नेमा सामन्ती पितृसत्तात्मक ‘मर्दकी दशवटी’ मानसिकता बोकेर पीडकको पक्ष लिनु लज्जास्पद कुरा हो ।’ उनले लोकतन्त्रमा न्यायिक फैसला सबैले मान्नुपर्ने भन्दै सुरुमै न्याय प्रभावित हुनु नहुनेमा जोड दिएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा