आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

एमसीसीले सिध्याइदियो नेपाल टेलिकमको ५ करोड


  • शुक्रबार, फाल्गुन २० २०७८
7.8K
SHARES

काठमाडौँ – अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपालमा निकै विवादित बन्यो । चर्को विवादका बाबजुत गएको आइतबार एमसीसी प्रतिनिधिसभाबाट पास भएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकासामु आत्मसमर्पण गर्दा एमसीसी नेपालको सार्वभौम संसदबाट पास भएको हो ।

सुरुमा ‘एमसीसी पास त के टेबलसम्म पनि गर्न दिन्न’ भन्ने प्रचण्ड व्यक्तिगत सुरक्षाका डरले एमसीसी संसदबाट अनुमोदन गर्न तयार भएको विश्लेषण भइरहेको छ । त्यही कारण नेकपा माओवादी केन्द्र फुटको संघारमा पुगेको छ ।

नेता नारायणकाजी श्रेष्ठ पूर्वएकता केन्द्र व्युताएर अगाडि बढ्ने तयारीमा छन् । उता एकीकृत समाजवादी पार्टी पनि फुटको डिलमा छ । पार्टीका सम्मानित नेता झलनाथ खनालले सार्वजनिक रुपमै अध्यक्ष नेपालसँग बस्न नसकिने बताइरहेका छन् ।

एमसीसीका कारण पार्टी फुटको दिशातीर दौडिरहेका छन् भने देशले पनि ठूलो क्षेति व्यहोरेको छ । एमसीसी पास गर्न हुन्न भनेर लामै समय सडकहरु तातियो ।

सयौँ संख्यामा नेपाल प्रहरी, शसत्र प्रहरी र आन्दोलनकारी घाइते भए । ट्राफिक डिभाइडर आन्दोलनकारीका टायर बनेर बले । काठमाडौँको नयाँबानेश्वर क्षेत्र रणमैदान बन्यो ।

नेपाल टेलिकमले करिब ५ करोड खर्च गरेर बनाएका सडकका बगैंचा मरुभु्मिमा परिणत भए । तीनकुने देखि माइतीघरसम्म नेपाल टेलिकमले ५ करोड रुपैयाँ खचेर बगैँचा बनाएको थियो । विजुलीबजार पुलदेखि सिभिल अस्पतालसम्म अहिले उजाड बनेको छ ।

विप्लव नेतृत्वको नेकपासहित ६ राजनीतिक दल र दुईवटा मोर्चाको संयुक्त आन्दोलनका कारण बानेश्वर क्षेत्र प्रतिनिधिसभा बैठक बस्ने दिन संधै रणमैदान बन्यो । आन्दोलनकारीले रुखका हाँगा भाँचेर प्रहरीमाथि बजारे, प्रहरीका बुटले दुबु कुल्चियो ।

अहिले बानेश्वर क्षेत्र शान्त भएपनि एमसीसी विरुद्धको संघर्ष जारीनै छ । विप्लवसहित ६ दलिय मोर्चाले आज एमसीसी विरुद्ध विशास जनसभा गर्दैछन् । यो मोर्चाले एमसीसी संसदबाट अनुमोदन गरेपनि जनताले नस्वीकारेको भन्दै फिल्डमा शक्ति देखाउने उद्घोष गरेका छ ।

टेलिकमले बनाएको बगैैचा पुननिर्माण गर्न लाखौँ रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा