शनिबार, साउन ९ २०८३
ताजा अपडेट

रामनारायण विडारीको सांसद पद चैट !


  • शुक्रबार, फाल्गुन २० २०७८
6.4K
SHARES

फाइल तस्विर

काठमाडौं – नेकपा माओवादी केन्द्रका नेता, बरिष्ठ अधिवक्ता तथा प्रतिनिधिसभा सदस्य रामनारायण विडारीको सांसद पट चैट भएको छ । २०७४ सालमा राष्ट्रपतिबाट मनोनित भइ गोलाप्रथावाट चारवर्षे कार्यकालमा परेका विडारीको सांसद पद चैट भएको हो ।

उनीसहित २० सांसदको पदावधि आजबाट सकिँदैछ ।

रिक्त पदका लागि निर्वाचित भइसकेका सन्दर्भमा चारवर्षे पदावधि भएका २० राष्ट्रियसभा सदस्यको पद आजबाट सकिन लागेको हो ।

आजबाट बिदा हुने सांसदमा एमालेका अगमप्रसाद वान्तवा राई, कविता बोगटी, कोमल वली, चक्रप्रसाद स्नेही, नैनकला ओझा, परशुराम मेघी गुरुङ, रामलखन चमार र सुमनराज प्याकुरेल रहेका छन् ।

कांग्रेसका दृगनारायण पाण्डे, तारादेवी भट्ट, राधेश्याम अधिकारी पनि आजबाट राष्ट्रिसभाबाट बाहिरिँदैछन् ।

नेकपा माओवादी केन्द्रका खिमकुमार विक, जीवन बुढा, दीनानाथ शर्मा र शशीकला दाहालको पदावधि पनि आजबाट सकिँदैछ ।

नेकपा एकीकृत समाजवादीका उदया शर्मा पौडेल, ठगेन्द्रप्रकाश पुरी, शान्तिकुमारी अधिकारी जिसी र शेरबहादुर कुँवरको पद पनि आजबाट समाप्त हुँदैछ ।

२०७५ असार ४ मा भएको गोलाप्रथाअनुसार आजबाट रिक्त हुने सांसदले चारवर्षे कार्यकालका चिठ्ठा समाएका थिए ।

सांसद रामनारायण विडारी माओवादी केन्द्रको कोटाबाट मनोनित सांसद हुन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा