रुसका व्यापारीले रुसी राष्ट्रपति पुटिनको टाउकोको मूल्य १० लाख अमेरिकी डलर तोकेका छन्। रुसलाई युक्रेनविरुद्ध युद्धमा होमेका राष्ट्रपति भ्लादिमिर पुटिनको टाउकोको मूल्य तोकिएको हो।
रुसी व्यापारी अलेक्स कोनान्खिनले पुटिनलाई पक्राउ गरेको खण्डमा रुसी सैनिक अधिकारीलाई १० लाख अमेरिकी डलर दिने घोषणा गरेका हुन्। सामाजिक सञ्जाल लिंकडेनमा एउटा सन्देश जारी गर्दै उनले पुटिनलाई पक्राउ गरेको खण्डमा १० लाखको इनाम घोषणा गरेका हुन्।
‘रुसी र अन्तर्राष्ट्रिय कानूनअनुसार युद्धअपराधी पुटिनलाई पक्राउ गरी संवैधानिक कर्तव्य पालना गरेको खण्डमा सैनिक अधिकारीहरूलाई म १० लाख अमेरिकी डलर इनाम दिने बाचा गर्दछु।’ उनको सन्देशमा उल्लेख छ।
‘पुटिन रुसी राष्ट्रपति होइनन्, उनी विशेष कारवाहीको नाममा रुसका आवासीय भवनमा विस्फोट गराएर शक्तिमा आएका हुन्। त्यसपछि स्वतन्त्र निर्वाचनलाई दमन गरेर र विपक्षीको हत्या गरी उनले संविधानको उल्लङ्घन गरेका छन्।’
सन्देशमा उनले ‘वान्टेडस् डेड अर अलाइभ भ्लादिमिर पुटिन फर मास मर्डर’ चाहियोस् जिउँदै वा मृत, आम हत्याका लागि भ्लादिमिर पुटिन’ लेखिएको छ। एजेन्सी
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।