मंगलबार, कार्तिक ४ २०८३
ताजा अपडेट

पार्टीका तल्ला समितिसँग राय लिएपछि मात्रै चुनावी तालमेलबारे निर्णय हुन्छ: सिंह


  • बिहिबार, फाल्गुन १९ २०७८
6.9K
SHARES

फाइल तस्विर

नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले वैशाखमा हुने स्थानीय चुनावमा अन्य दलसँग तालमेल गर्ने वा नगर्ने भन्ने निर्णय पार्टीका तल्ला समितिसँग सल्लाह गरेर मात्रै तय गरिने बताएका छन्।

सातै प्रदेश कार्यसमितिसँग राय लिएर मात्रै चुनावी तालमेलबारे निर्णयमा पुगिने सिंहको भनाइ छ।

काभ्रेको धुलिखेलमा आज आयोजित पत्रकार सम्मेलनमा उनले चुनावी तालमेलका बारेमा निर्णय गर्नका लागि सवै तहका कार्यसमितिहरुसँग राय लिइने बताएका हुन्।

‘प्रदेश तथा पार्टीका तल्ला कार्यसमितिसँग राय लिएर मात्रै चुनावी तालमेलबारे निर्णयमा पुगिन्छ,’ उनले भने। उनले प्रतिगमन रोक्न गठबन्धन बनेकोले त्यसको निरन्तरता हुने पनि बताएका थिए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा