शनिबार, असार १८ २०७९
ताजा अपडेट

प्रचण्ड अब सुध्रिँदैनन्, सँगै बस्नुको अर्थ छैन : नारायणकाजी पक्षधर


  • KTM Khabar
  • बिहिबार, फाल्गुन १९ २०७८
2.3K
SHARES

फाइल तस्विर

सदनबाट एमसीसी व्याख्यात्मक टिप्पणी सहित पास गर्ने पार्टी नेतृत्वले लिएर सांसदबाट एमसीसी अनुमोदन भए सँगै माओवादी पार्टी भित्र नारानकाजी समूह असन्तुष्ट बन्दै आएको छ ।

एमसीसी अनुमोदन गरेर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी निर्णयको गम्भीर उल्लङ्घन गर्नुका साथै पार्टीको क्रान्तिकारी छवि समेत धुमिल पारेकाले प्रचण्ड नेतृत्वको माओवादी केन्द्रमा रहिरहन नसक्ने नेता नारायणकाजी श्रेष्ठ पक्षको निष्कर्ष छ ।

‘अन्ततः व्याख्यात्मक घोषणाको सुनियोजित भ्रम छर्दै आज राष्ट्रघाती एमसीसी सम्झौता संसद्बाट अनुमोदन गराइ छाडे,’ आइतबार संसद्बाट एमसीसी अनुमोदन भएपछि सामाजिक सञ्जालमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले लेखेका थिए, ‘आम देशभक्त नेपाली जनताले यसलाई कालो दिनको रूपमा लिनेछन् ।

सम्पूर्ण देशभक्त शक्तिहरू एकबद्ध होऔँ, नेपालको राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र हितको सङ्घर्षलाई निरन्तर जारी राखौँ ।’ श्रेष्ठको यो स्टाटसले नै माओवादीमा एमसीसीबारे विवाद कस्तो रहेछ भनेर सहजै बुझ्न सकिन्छ ।

एमसीसीलाई लिएर माओवादीमा दुई धार स्पष्टै देखिन्छ । नारायणकाजी धार एमसीसी पास गरेर प्रचण्डले जनतालाई ढाटेको बताइरहेको छ भने प्रचण्डले एमसीसी व्याख्यात्मक टिप्पणी सहित पास हुन उपलब्धि भएको बताइरहेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा