मंगलबार, कार्तिक ४ २०८३
ताजा अपडेट

गठबन्धन लामो समयसम्म टिक्दैन : गुरुङ


  • बिहिबार, फाल्गुन १९ २०७८
11.2K
SHARES

फाइल तस्विर

नेकपा (एमाले) उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले वर्तमान गठबन्धन लामो समय नटिक्ने बताएका छन् । प्रेस चौतारी नेपाल गण्डकी प्रदेशको प्रथम अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै अवसरवादका जगमा बनेको गठबन्धन कमजोर बन्दै गएको बताए ।

वर्तमान सरकारले मुलुकको विकास एवं जनताका अपेक्षालाई सम्बोधन गर्न नसकेको उल्लेख गर्दै उनले पत्रकार जगतले यस किसिमका मुद्दालाई अघि बढाउनुपर्ने आवश्यकता औँल्याए । पत्रकारिता क्षेत्र जिम्मेवार र मर्यादित हुनुपर्ने बताउँदै गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्रीसमेत रहेका गुरुङले समाजका सत्यतथ्य कुरालाई जनतामाझ ल्याउनुपर्नेमा जोड दिए ।

चौतारीमा आबद्ध पत्रकारहरू नेताका वरिपरि घुम्नुभन्दा अध्ययन, अनुसन्धानका आधारमा लेख रचनाको माध्यमबाट जनतालाई सुसूचित गर्दै समृद्ध नेपालको अभियानमा जुट्नुपर्नेमा उनको जोड थियो । नेकपा (एमाले) सचिव तथा गण्डकी प्रदेश इन्चार्ज पद्मा अर्यालले माओवादीले एससीसी सम्झौतामा सडक र सदनमा दोहोरो चरित्र देखाएको बताइन् ।

सञ्चार क्षेत्रले समाजको परिवर्तनका लागि खोजमूलक पत्रकारितामा जोड दिँदै उनले त्यसका लागि क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकता औंल्याइन् । पार्टी पोलिटब्युरो सदस्य एवं गण्डकी प्रदेश सहइन्चार्ज मना केसीले पार्टीको नीति, सिद्धान्त र विचारलाई जनतासमक्ष पुर्याउन पत्रकारहरूले जिम्मेवार भएर लाग्नुपर्ने बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा