काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु भएको छ ।
गठबन्धनबाट राष्ट्रिय जनमोर्चा बाहिरिएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव बालुवाटार पुगेका छन् ।
बैठकमा कांग्रेसबाट प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी छन् । अमेरिकी सहयोग परियोजना एमसीसी प्रतिनिधिसभाबाट अनुमोदन भएपछि सत्तारुढ गठबन्धनको बैठक पहिलोपटक बसेको हो ।
यहीबीचमा जनमोर्चा भने गठबन्धनबाट अलग भएको छ । अब गठबन्धनमा चार दल मात्र आबद्ध छन् । बुधबार प्रधानमन्त्री देउवाले सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष नेपालसँग छुट्टाछुट्टै छलफल गरेका थिए ।
आजको बैठकले स्थानीय तहको निर्वाचनबारे ठोस निर्णय गर्ने भएको छ । सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति तोकेको छ ।
त्यसैले आजको बैठकमा गठबन्धन गरेर जाने कि नजाने भन्ने विषयमा छलफल हुने बालुवाटारको स्रोतले जनाएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।