शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

घट्याे सुनकाे मूल्य, तोलाको कति ?


  • बिहिबार, फाल्गुन १९ २०७८
9.5K
SHARES

फाइल तस्विर

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुनको मूल्य तोलामा ५ सय रुपैयाँले गिरावट आएर ९९ हजार रुपैयाँ कायम भएको छ। बुधबार छापावाला सुन तोलामा ९९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

तेजावी सुनको भाउ तोलाको ९८ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ।

यस्तै, आज चाँदीको मूल्य भने ५ रुपैयाँले बढेको छ। बुधबार प्रतितोला एक हजार ३७५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार ३८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

आजको विदेशी मुद्राको विनिमयदर कति ?

नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ८३ पैसा र विक्रीदर १२१ रुपैयाँ ४३ पैसा कायम भएको छ ।

युरोपियन युरो आज एकको खरिददर १३३ रुपैयाँ ९२ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५८ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १६० रुपैयाँ ८४ पैसा र बिक्रीदर १६१ रुपैयाँ ६४ पैसा कायम छ ।

कतारी रियालको एकको खरिददर ३३ रुपैयाँ १९ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३५ पैसा छ । जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ ४९ पैसा र बिक्रीदर १० रुपैयाँ ५४ पैसा रहेको छ भने साउदी अरबीयन रियाल एकको खरिददर ३२ रुपैयाँ २१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा