शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

पल प्रकरणमा नायिका स्वस्तिमा खड्काले तोडिन् मौनता, कसकाे पक्षमा बाेलिन् ?


  • बिहिबार, फाल्गुन १९ २०७८
23.2K
SHARES

काठमाडौं । अभिनेता पल शाह प्रहरी हिरासतमा छन्। एक नाबालिगले जबरजस्ती करणी गरेको जाहेरी दिएपछि अभिनेता शाहलाई प्रहरीले पक्राउ गरेको थियो ।

हाल उनी तनहुँ प्रहरीको नियन्त्रणमा छन्। पल शाह पक्राउ परेसँगै यसबारेमा नेपाली समाज दुई भागमा विभाजित भएको छ। उनीमाथि सहानुभूति जनाउनेहरुको ठूलो भीड छ। जिल्ला प्रहरी कार्यालयमा उनका प्रशंसक र मिडियाकर्मीको लामै लस्कर देखिएको छ।

पल प्रकरणबारे कला क्षेत्रका मानिसहरुले पनि आफ्ना धारणा सार्वजनिक गरिरहेका छन्। कोहीले पलका लागि न्याय मागेका छन् भने कोहीले नाबालिग गायिकाका लागि न्याय मागेका छन् ।

यसैबीच नायिका स्वस्तिमा खड्काले पनि यस विषयमा घुमाउरो पारामा आफ्नो कित्ता क्लियर गरेकी छिन्। स्वस्तिमाले अनलाइन खबरमा प्रकाशित ‘उनले लड्ने आँट गरेकी छिन्, बाँचने साहस हामीले दिउँ’ शीर्षकको समाचार आफ्नो फेसबुकमा सेयर गरेकी छिन् ।

क्याप्सनमा स्वस्तिमाले लेखेकी छिन्, ‘अब हिम्मत हार्नुहुँदैन भन्ने उनले बुझ्दै गएकी छन्,सम्भवतः उनले थाहा पाएकी छन्, जित्नका लागि बाँच्नुपर्छ । हामीले थाहा पाउनुपर्छ उनी बाँच्नका लागि हाम्रो साथ चाहिन्छ । अब न्याय कस्का लागि माग्नुहुन्छ तपाईं आफैं निर्णय गर्नुस्’

स्वस्तिमाले राखेको क्याप्सन् उक्त समाचार सामाग्री एक अंश हो। सामाग्रीमा पीडित गायिका र उनको परिवारमा परेको असरबारे चर्चा गरिएको छ। पीडित पक्षलाई हौसला दिने गरेकी तयार सामाग्री सेयर गर्दै स्वस्तिमाले यसमा आफ्नो राय राखेकी हुन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा