आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

एमसीसी पास भएसँगै प्रचण्ड–माधवसँग टाढियाे कांग्रेस


  • बिहिबार, फाल्गुन १९ २०७८
6.1K
SHARES

फाइल तस्विर

नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल नहुने बताएका छन् ।

सत्तारुढ दलहरुबीच स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गरेर जाने अवस्था आफूले नदेखेको प्रवक्ता महतले बताएका छन् ।

स्थानीय आवश्यक्तालाई ध्यानमा राखेर स्थानीय तहको निर्वाचन सम्पन्न हुने भएकाले दलहरुले आ–आफ्नै ढंगले उम्मेदवारी दिने भन्दै उनले तर यस विषयमा सत्तारुढ दल भित्र भने कुनै छलफल भइनसकेको बताए ।

आवश्यकताको सिद्धान्त र आ–आफ्नै फाइदाको सिद्धान्त अनुसार स्थानीय तहको निर्वाचनमा दलहरु जुट्नुपर्ने अवस्था रहेको भन्दै उनले स्थानीय तहको निर्वाचन तोकिएको समयमा हुनेमा आफ्नो पार्टी विश्वस्त रहेको बताए ।

गठबन्धनमा एमसीसीको विषयलाई लिएर जुन संकट आएको थियो त्यसमा समझदारी विकसित भइसकेपछि यो संकट टरेको छ र, त्यो अव स्वभाविक रुपमा यो गठबन्धन अगाडि बढ्ने भन्दै उनले अब वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुन गइरहेको र ३० गते नै त्यो सम्पन्न हुने बताए ।

यो निर्वाचन गठबन्धनकै नेतृत्वमा अगाडि बढ्ने भन्दै उनले जहाँसम्म गठबन्धन सरकारमा बसेका दलहरुले यो निर्वाचन पनि गठबन्धन गरेर जान्छ कि जाँदैन भन्ने विषय रहेको र अब स्थानीय निकायको निर्वाचन अलि ठूलो संख्यामा हुने र हाम्रो पद्धति पनि स्थानीय तहको आफ्नै विशिष्ट परिवेश र परिस्थिती रहेकोले यो केन्द्रीय नेतृत्वले नै सम्पूर्ण कुरा बाँडफाँड गर्ने भन्ने त्यो अव्यवहारिक हुने बताए ।

स्थानीय आवश्यकताहरुलाई ध्यानमा राखेर पनि कतिपय ठाउँमा समझदारीहरू हुन सक्ने भन्दै उनले कतिपय ठाउँहरुमा दलहरुले आफ्नो ढंगले गर्ने अवस्था पनि रहेको तर समग्रमा अहिले गठबन्धनमै जाने वा नजाने भन्ने विषयमा छलफल नभएको बताए ।

प्रमुख प्रतिपक्ष दल एमालेलाई सहमतीमा लिएर संसद सूचारु गराउन आफ्नो पार्टीले प्रयास जारी राख्ने भन्दै उनले सभामुख अग्निप्रसाद सापकोटा र माधव नेपालसहितका १४ जना सांसदको विषय अदालतमा विचाराधीन मुद्दा भएकाले त्यसलाई छाडेर एमालेले संसद सूचारु गराउन पुनर्विचार गर्नुपर्ने बताए ।

चालु अधिवेशन अन्त्य गरेर आगामी बजेट अधिवेशनमा विपक्ष दलको सक्रिय सहभागिता आवश्यक भएकाले पनि एमालेलाई सहमतीमा ल्याएर संसद सुचारु गराउन आफ्नो पार्टीले प्रयास जारी राख्ने उनको तर्क थियो।

एमालेलाई सहमतीमा ल्याएर संसद सूचारु गराउन प्रधानमन्त्री शेरबहादुर देउवा आफैंले संवादलाई निरन्तरता दिने प्रवक्ता महतले बताए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा