शनिबार, साउन ३० २०८३
ताजा अपडेट

राजसंस्था पुनर्स्थापना पार्टीको कार्यनीति छैनः कमल थापा


  • बुधबार, फाल्गुन १८ २०७८
12.3K
SHARES

फाईल तस्बिर

राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था पुनस्र्थापना आफ्नो पार्टीको कार्यनीति नरहेको स्पष्ट पारेका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष थापाले राजसंस्थाप्रति आस्था र सम्मान हुने तर अहिलेको कार्यनीति भने नहुने प्रष्ट्याएका हुन् ।

उनले हिन्दु राष्ट्र, सुशासन र समृद्धि आफ्नो पार्टीको मुख्य मान्यता रहेको बताए । धर्मनिरपेक्षताको खारेजी र संघीयताको परिमार्जन गर्न भने आफ्नो पार्टीले जोड दिने अध्यक्ष थापाको भनाइ थियो । उनले भने, ‘राजसंस्थाप्रति हाम्रो आस्था र सम्मान सदैव रहनेछ ।

नेपालको एकीकरणमा, प्रजातन्त्रको स्थापनामा, राष्ट्रियताको सुदृढीकरणमा र आधुनिकीकरणमा राजसंस्थाले पु¥याएको योगदानको उच्च प्रशंशा गर्दछौं । अहिलेको परिवर्तित सन्दर्भमा हाम्रो मुख्य मान्यता भनेको हिन्दु राष्ट्र, सुशासन र समृद्धि हुनेछ ।

राजसंस्थाप्रति हाम्रो आस्था र सम्मान रहनेछ । तर राजसंस्था पुनस्र्थापना हाम्रो कार्यनीति अहिले हुँदैन । धर्म निरपेक्षताको खारेजी र संघीयताको परिमार्जनमा पार्टीले जोड दिनेछ ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा