जबर्जस्ती करणी (जक) को आरोपमा नेपालगञ्ज विमानस्थल राँझाबाट प्रहरी नियन्त्रणमा परेका नेकपा एमालेका सांसद मोहन बानियाँलाई बाँके प्रहरीले बुधबार म्याद थप गरी अनुसन्धान सुरु गरेको गरेकाे छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जबरजस्ती करणीको आरोपमा प्रहरी नियन्त्रणमा रहेका संसद बानियाँलाई बुधबार पाँच दिनको म्याद थप गरेको जनाए ।
बानियाँविरुद्ध जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी बाँकेमा उजुरी परेसँगै बेपत्ता रहेका थिए । प्रहरीले बानियाँलाई नेपालगञ्ज विमानस्थलबाट नियन्त्रणमा लिएको थियो । बाँके प्रहरी हिरासतमा रहेका बानियाँ मधुमेहलगायतको समस्या भएकोले उनलाई अलग्गै राखिएकाे छ ।
सांसद बानियाँले नेपालगञ्जको होटेलमा जबर्जस्ती करणी गरेको भन्दै ४० वर्षीया पीडित महिलाले गत २७ माघमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । त्यसपछि सांसद बानियाँविरुद्ध पक्राउ पुर्जी जारी भई प्रहरीले खोजी गरेकै बेलामा उनी काठमाडाैँबाट नेपालगञ्ज आएलगत्तै प्रहरीले नियन्त्रणमा लिएको थियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।