ता झलनाथ खनालले अमेरिकी सहयोग परियोजना एमसीसी पास गर्दा गरिएको व्याख्यात्मक टिप्पणीलाई न्यानो थाङ्नोको टिप्पणी गरेका छन् । बिहीबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले व्याख्यात्मक टिप्पणीको अर्थ नरहेको बताए ।
‘व्याख्यात्मक टिप्पणी न्यानो थाङ्नोबाहेक केही होइन’ उनले भने, ‘नेपालका नेताहरु आनन्दपूर्वक सुतुन् भनेर बनाइएको थाङ्नो हो, त्यो थाङ्नोमा अहिले साथीहरु सुत्नुभएको छ ।
उनले विधि प्रक्रिया विपरीत एमसीसी पास गरेको गुनासो गरे । प्रक्रिया नमिलाई एमसीसी पास गर्नु देशका लागि लज्जास्पद भएको बताउँदै उनले एमसीसी पारित गर्दाको परिणाम विस्तारै देखिने बताए ।
एमसीसीका कारण पार्टी भित्र पनि विरोध भएको उनले बताए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।