नेष्डो समृद्ध लघुवित्त संस्थाको आईपीओ शुक्रबार बाँडफाँड हुने भएको छ । लघुवित्तको शेयर निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले शुक्रबारसम्म बाँडफाँड हुने जनाएको हो ।
लघुवित्तले फागुन ११ गते देखि १५ गतेसम्म जारी पुँजी २५ करोड ७० लाख रुपैयाँको ३२.५० प्रतिशतले हुन आउने ८ करोड २८ लाख रुपैयाँ बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता शेयर निष्काशनमा गरेको थियो ।
जसमध्ये ०.५० प्रतिशत अर्थात १२ हजार ७ सय ५० कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ४१ हजार ४ सय ३७ कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहने ७ लाख ७४ हजार ५ सय ६३ कित्ता शेयरमा सर्वसाधारणका लागि बिक्री खुल्ला गरिएको थियो ।
फागुन ११ गतेदेखि १५ गतेसम्म जारी आईपीओमा अन्तिम दिनसम्म २६ लाख आवेदकबाट ३ अर्ब १ करोड १३ लाख ७० हजार रुपैयाँ बराबरको ३ करोड १ लाख १३ हजार ७ सय कित्ता शेयरको लागि आवेदन परेको बिक्री प्रवन्धक ग्लोबल आईएमई एस क्यापिटलले जनाएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।