शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

सरकारले दिने भयो निःशुल्क इन्डक्सन चुल्हो, विद्यार्थी भए खुशीले गदगद !


  • बुधबार, फाल्गुन १८ २०७८
14K
SHARES

काठमाडौंमा भाडामा बसेर स्नातक र स्नातकोत्तर अध्ययन गरिरहेका उपत्यकाबाहिरका विद्यार्थीलाई निःशुल्क विद्युतीय (इन्डक्सन) चुल्हो वितरण गर्ने भएको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले विभिन्न परियोजनामा भएको टेन्डरपछि बचत भएको बजेटलाई उपयोग हुने गरी याे योजना ल्याएको हो ।

ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयको निर्देशनअनुसार केन्द्रले सरकारी तथा सामुदायिक क्याम्पसमा अध्ययन गरिरहेका विद्यार्थीहरुबाट यसका लागि आवेदन माग गरेको छ । केन्द्रका जैविक ऊर्जा शााखाका वरिष्ठ अधिकृत कुन्दन पोखरेल मजगैयाँका अनुसार आवेदनको संख्या हेरेर विद्युतीय चुल्हो किनेर वितरण गरिने छ ।

मजगैयाँका अनुसार खाना पकाउने एलपी ग्यासमा भइरहेको मूल्यवृद्धिले मारमा परेका विद्यार्थीलाई सहज बनाउन यस्तो कदम चालिएको हो । यसले विदेशबाट आयात हुने पेट्रोलियम इन्धन कम भएर देशमा उत्पादित स्वच्छ ऊर्जाको खपत बढ्ने उनले बताए ।

‘विद्यार्थीलाई पनि राहत हुने र स्वच्छ ऊर्जाको खपत पनि बढ्ने गरी विद्यार्थीलाई विद्युतीय चुल्हो वितरण गर्न आवेदन मागेका हौ.,’ मजगैयाँले भने,’काठमाडौं बाहिरबाट आएर विश्वविद्यालयस्तरमा अध्ययन गरिरहेका विद्यार्थीले आवेदन दिन सक्नुहुन्छ ।’

केन्द्रको सूचना:


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा