शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

हात्तीवनमा भएको भेटमा नारायणकाजीले सोधे-पार्टी छोडेर जा भनेको हो त ?, प्रचण्डले दिए नसोचेको जवाफ !


  • बुधबार, फाल्गुन १८ २०७८
10.9K
SHARES

तस्विरः फाइल

एमसीसी संसदबाट अनुमोदन भए पछि असन्तुष्ट बनेका नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई अध्यक्ष पुष्प कमल ‘दाहाल’ प्रचण्डले भेट गरेका छन् । मंगलबार श्रेष्ठकै निवास हात्तीवन पुगि रिसाएका श्रेष्ठलाई प्रचण्डले भेटेका हुन् ।

अध्यक्ष दाहालले सोमबार पत्रकार सम्मेलनमा श्रेष्ठलाई लक्षित गरेका दिएको अभिव्यक्तिमा के छलफ भयो ? भन्ने विषयमा आम चाँसोको बनेको छ । यस विषयमा नारायणकाजीले भेटमा प्रचण्डलाई साेधेका छन् । तर दाहालले पत्रकार सम्मेलनमा भएको कुरा फरक तरिकाले अभिव्यक्त गरे ।

दाहाललाई श्रेष्ठले ‘पार्टी छाडेर जान भनेको हो ?’ भन्दै प्रश्न गरेका थिए । ‘अध्यक्षले आवेशमा आएर बोलेको हो, पार्टी छाडेर जाने कुरा भनेको होइन भन्नुभयो । उहाँले मिलेर पार्टी चलाउनुपर्छ भन्नुभएको छ,’ श्रेष्ठनिकट एक नेताले भने । उनका अनुसार दाहालले पार्टीभित्रका कमीकमजोरी समीक्षा गरेर जानुपर्ने उल्लेख गर्दै आफ्ना कुरा केन्द्रीय समितिमा राख्न श्रेष्ठलाई सुझाव दिएका थिए ।

दाहालका स्वकीय सचिव रमेश मल्लका अनुसार हात्तीवनमा भएको भेटमा आगामी केन्द्रीय समिति बैठकबारे पनि छलफल भएको थियो । ‘अध्यक्ष दाहाल र नेता श्रेष्ठबीच सौहार्दपूर्ण वातावरणमा छलफल भयो । अध्यक्ष दाहालले पार्टीको निर्णय पार्टी कमिटीमै राख्नुपर्ने र चुनावका बेला विवाद देखाउन नहुने बताउनुभयो,’ उनले भने । एमसीसी सम्झौता अनुमोदन गर्ने पार्टीको निर्णयमा श्रेष्ठ पक्षधर सांसदहरू गिरिराजमणि पोखरेल र अञ्जना विशंखेले फरक मत राखेका थिए । लीलामणि पोखरेलले पनि एमसीसी सम्झौता अनुमोदन गर्ने निर्णयमा असन्तुष्टि जनाएका थिए ।

व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता अनुमोदन गरिएपछि श्रेष्ठले सामाजिक सञ्जालमा पनि असन्तुष्टि व्यक्त गरेका थिए । उनले लेखेका थिए, ‘अन्ततः व्याख्यात्मक घोषणाको सुनियोजित भ्रम छर्दै आज राष्ट्रघाती एमसीसी सम्झौता संसद्बाट अनुमोदन गराइछाडे । आम देशभक्त नेपाली जनताले यसलाई कालो दिनका रूपमा लिनेछन् । सम्पूर्ण देशभक्त शक्तिहरू एकताबद्ध होऔं र नेपालको राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र हितको संघर्षलाई निरन्तर जारी राखौं ।’ श्रेष्ठले सार्वजनिक रूपमा असन्तुष्टि राख्नुअघि दाहालले पार्टीमै असहमति राख्न सुझाएका थिए । दर्ज गर्न भनेका थिए ।

एमसीसी सम्झौता अनुमोदनपछि श्रेष्ठ पक्षधरले छुट्टै भेलासमेत गरेको थियो । संस्थापनले एकताबाट आएका आफूहरूलाई अझैसम्म पनि माओवादी नमानेकाले पनि पार्टीमा बसिराख्नुको औचित्य नभएको श्रेष्ठ पक्षधर नेताहरूको भनाइ थियो । अध्यक्ष दाहालले भने सोमबार महाकाली सन्धिपछि वामदेव गौतमले एमाले विभाजन गरेर माले गठन गर्दा एक सिट पनि नजितेको उदाहरण दिँदै नेता श्रेष्ठमाथि टिप्पणी गरेका थिए । उक्त अभिव्यक्तिपछि श्रेष्ठ समूहमा तीव्र असन्तुष्टि छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा