शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

ओलीलाई रावलले काउन्टर जवाफ, आफू पार्टी सिद्धान्त अनुरुपै हिंडिरहेको छु


  • बुधबार, फाल्गुन १८ २०७८
8.5K
SHARES

फाइल तस्विर

नेकपा एमालेमा पार्टी अध्यक्ष केपी ओली र नेता भीम रावलबिच दोहोरी चलेको छ।

एमसीसीको विषयमा पत्रकार सम्मेलन गर्ने क्रममा एमाले अध्यक्ष ओलीले आफ्नै पार्टीका नेता भीम रावललाई पार्टीको निर्णय विपरीत आफू हिरो बन्न अभिव्यक्ति दिँदै हिँडेको बताएका थिए । त्यसको जवाफ स्वरूप नेता रावलले आफू पार्टी सिद्धान्तअनुरूप नै उभिएको भन्दै ओलीलाई जवाफ फर्काएका छन् ।

पार्टीले संसद अवरूद्ध गरिरहँदा रावलले एमसीसीबारे छलफलमा भाग लिएकाप्रति मंगलबार ओलीले रावलको कदम पार्टी अनुशासन विपरित भएको टिप्पणी गरेका थिए।

सोही विषयलाई लक्षित गर्दै रावलले सामाजिक सञ्जालमा, संसदमा छलफलमा सहभागी हुन नदिनु आत्मकेन्द्रित, आत्मप्रचारक सोच र पार्टीको सिद्धान्त र नीतिविपरीत भएको उल्लेख गरेका छन् ।

एमालेको विधान, प्रतिवेदन र संगठनात्मक प्रस्तावले एमसीसी सम्झौताबारे स्पष्ट धारणा बनाई राष्ट्रिय हितको पक्षमा उभिन निर्देशित गरेकोतर्फ पनि रावलले सम्झाएका छन् । ओलीले मंगलबार गरेको पत्रकार सम्मेलनमा रावल ‘हिरो’ बन्न खोजेको भन्दै कारबाही हुनसक्ने बताएका थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा