आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

के नेकपामा प्रवेश गर्दैछन् नारायणकाजी श्रेष्ठ, विप्लवसँग किन भयो भेट ?


  • बुधबार, फाल्गुन १८ २०७८
6.4K
SHARES

काठमाडौं – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) बिच भेटवार्ता भएको छ ।

अमेरिकी सहयोग परियोजना एमसीसीका कारण पार्टीभित्र गहिरो मतभेद राख्दै आएका नेता श्रेष्ठ र नेकपामा महासचिव विप्लवबीच भेटवार्ता भएको हो ।

श्रेष्ठलाई भेट्न विप्लव बुधबार बिहान श्रेष्ठ निवास हात्तिवन पुगेका थिए ।

भेटमा प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन गर्न माओवादी केन्द्रको नेतृत्वले जबरजस्ती गरेको भन्दै राष्ट्रवादको पक्षमा रहेकाहरु एक जुट हुनुपर्ने विषयमा कुराकानी भएको नेताहरूले बताएका छन् ।

यसअघि मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि श्रेष्ठलाई भेट्न उनको निवास पुगेका थिए ।

भेटमा प्रचण्डले एमसीसीमा देखिएको मतभेद कायमै राखेर अरु विषयमा मिलेर जान प्रस्ताव गरेका थिए ।

तर श्रेष्ठले भने आफूहरुले पार्टी विभाजनको बारेमा सोचिनसकेको भए पनि अध्यक्षले नै निस्केर जाने भए जाऔ भनेर सार्वजनिक रुपमै भनेको भन्दै गुनासो गरेका थिए ।

एमसीसी संसदबाट अनुमोदन भएपछि श्रेष्ठसहित माओवादी केन्द्रका असन्तुष्ट नेताहरूले छलफल तीव्र पारेका छन् ।

विप्लव नेतृत्वको नेकपासहित ६ राजनीतिक पार्टी र दुई वटा मोर्चाले काठमाडौँ विशास जनसभा गर्दैछन् । उक्त सभामा पनि सहभागी हुने विप्लवले श्रेष्ठलाई आग्रह गरेको बताइएको छ ।

नेकपा श्रोतका अनुसार २० गते काठमाडौँमा हुने जनसभामा उपस्थित हुन श्रेष्ठ सकारात्मक देखिएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा